• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिका नगरपालिकाको चाडपर्वलाई लक्षित बजार अनुगमन सुरु

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । कालिका नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको बेला खाद्यन्नसँगै उपभोग्य सामग्रीको खपतबढीहुने भएकाले बजार क्षेत्रलाई व्यवस्थित बनाउन उप–मेयर विमला तामाङको नेतृत्वमा आजदेखि बजार अनुगमन सुरु गरेको हो । चाडपर्वको बेला बढी खपतहुने मिठाई, विद्युतीय सामग्री, भाँडाकुँडा र दैनिक उपभोग्य सामग्रीलाई अनुगमनटोलीले विशेष निगरानी गरिरहेको छ । मानविय स्वास्थ्यलाई असरगर्ने खालका कलर(रंग) मिसाएर बनाइने जुस, केक, आइसक्रीमपसलहरुमा समेत टोलीले छडेक अनुगमन गरेको छ ।

    बजार अनुगमनको पहिलोदिन खोलेसिमल बजारबाट म्यादनाघेका खाद्य तथा पेय बस्तु जफत गरी नष्ट गरिएको छ । सो क्रममा आइसक्रीम बनाउन प्रयोग गरिने (मानवियस्वास्थ्यका लागि हानिकारक)केही थान रंग बरामद गरिएको छ । यस्तै केके हाउसलाई मानविय स्वास्थ्यप्रति ध्यान दिएर केकेहरु उत्पादनगर्न सुझाव दिएको छ । नगर उपप्रमुख विमला तामाङले बजार क्षेत्रमा उत्पादनहुने केके हेर्दा रंगीन खाउँखाउँ लाग्ने भएपनि त्यसले मानविय स्वास्थ्यमा प्रत्यक्ष असरगर्ने भएकाले त्यस्तो केमिकल र रंगहरु प्रयोग नगर्न सुझाव दिनुभयो ।

    कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले खोलेसिमल बजार क्षेत्रका एकाध पसल बाहेक अधिकांश व्यवसायीहरु नगरपालिकामा दर्ता गरेर आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेको पाइएको जानकारी दिनुभयो । सुरुवाती समयभन्दा अहिले व्यवसायीहरुको सोचाई र बुझाईपनि परिवर्तन देखिएको बताउनुभयो । राज्यलाई करतिर्ने बारे व्यवसायीहरु सचेत रहेको पाइयो उहाँले भन्नुभयो–“नगरपालिकाको यो अभियानलाई समेत स्थानीय व्यवसायीहरुले स्वागत गरिरहेका छन ।”

    उपभोक्ताहरु नापतौलमा ठगिनेगरेको गुनासोको आधारमा टोलीले पसलमा राखिएको तराजुलाई समेत चेकजाँच गरिरहेका छन् । टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए कार्वाहीगर्नेगरी बजार अनुगमनमा उत्रिएको हो ।

    वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, बरिष्ठलेखा अधिकृत ऋिषिप्रसाद कडुवाल, प्रशासन अधिकृत रामप्रसाद अधिकारी, नगरपालिकाका सूचना अधिकारी एवम आर्थिक विकास शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, नगरपालिकाका अन्य कर्मचारीहरु, नगरप्रहरी, पत्रकारहरु सहभागि छन् । यो अभियान निरन्तर चल्ने नगरपालिकाले जनाएको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.