• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल

  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन ।

    यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताउनुभयो । नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन गर्ने गरी बजेट विनियोजना गरिएकाले अब थप काम अघि बढ्ने उहाँको भनाई थियो । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उहाँको भनाई थियो । सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ । ढुटो छोड्दा प्रतिकेजी एक रुपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ । अन्य खाद्यान्न कुटनी र पिसनीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ । त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रुपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रुपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ ।

    तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ । तोरी तेल प्रति लिटर ३ सय ४०, धानको ढुटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री वितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताउनुभयो । संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रुपैयाँ, गैर सदस्यलाई ३८ रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । एक पटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ ।

    सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसनी र पेलानी लगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आर्कषण बढेको छ । कार्यक्रममा भरतपुर वडा नं ९ का अध्यक्ष यमलाल कँडेल, ८ का अध्यक्ष जीवनाथ कँडेल, १२ का अध्यक्ष लेखराज पन्त, ८ का वडा सदस्य पूर्णबहादुर रानाभाटले मन्तव्य राख्नुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.