• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी (बेनी) । प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन् । यहाँ उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

    उहाँकानुसार गत आवमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको रु १५ लाख बजेट र समितिको रु तीन लाख लागत साझेदारीमा मुख्य कुण्डको प्रवेशद्वार निर्माण गरिएको छ । भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्वारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाइएको छ । गत वर्ष कुण्डमा स्नान गर्न आउनेका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुनःनिर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भलगायतका पूर्वाधार निर्माण गरिएका छन् ।

    कुण्ड परिसरमा थरिथरिका फूलका बिरुवा रोपेर सौन्दर्यकरण गरिएको छ । एक वर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब रु ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्वार र टिकट काउण्टरसमेत कलात्मक शैलीमा निर्माण गरिरहेको छ भने नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूवार्धार बनाइरहेको छ । पूर्वाधारलाई अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाउनुका साथै कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतीय ह्वील चियरको प्रबन्ध गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

    “लिफ्ट प्रविधि जडानका लागि विज्ञ प्राविधिकको टोलीद्वारा स्थलगत अध्ययन गराइसकेका छौँ, अब टोलीको प्रतिवेदन र सुझावका आधारमा पूर्वाधार बनाउन आवश्यक पहल थालिने छ”, उहाँले भन्नुभयो, “कुण्डलाई जलचिकित्सासँग जोडेर फिजियो र मसाज थेपारीको सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आवश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ ।” यहाँ सङ्घीय सरकारको रु ५० लाख र कुण्ड व्यवस्थापन समितिको रु तीन करोडभन्दा बढी लगानीमा जलचिकित्सा सेवाका लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बराबरको मेसिन उपकरण प्राप्त भइसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

    कुण्डलाई प्राकृतिक चिकित्सालयका साथै धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न गत साउनदेखि हरेक साताको सोमबार सन्ध्याकालीन आरतीसमेत सुरु गरिएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । म्याग्दी नदीको किनारमा रहेको र कुण्ड परिसरमा शिवालय मन्दिर रहेकाले सन्ध्याकालीन आरती सुरु गरिएको र यसले धार्मिक र आध्यात्मिक पर्यटनको विकास गराउन सहयोग पुग्ने उहाँको भनाइ छ । तातोपानीको मुख्य कुण्डमा एक सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि वार्षिक करिब २० हजार मानिस आउने गरेका छन् । त्यसका लागि रु तीन सय शुल्क लिने गरिएको छ ।

    आन्तरिक पर्यटकका लागि बाहिरी भागमा दुई वटा नयाँ कुण्ड निर्माण गरिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उपचारका लागि मात्रै १९ हजार चार सय तीन जनाले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशमबहादुर कार्कीले जानकारी दिनुभयो । गत आवमा स्नानका लागि आएका बिरामीको शुल्कबाट रु ६७ लाख ९१ हजार ५०, चन्दा सङ्कलनबाट रु ४५ लाख १० हजार, मन्दिरबाट रु छ लाख नौ हजार आठ सय ३२ र आजीवन सदस्यताबाट रु पाँच लाख १० हजार नौ सय ११ सङ्कलन भएको उहाँले बताउनुभयो ।

    “कुण्डमा आउने बिरामीले तिर्ने शुल्कबाट प्राप्त हुने रकमबाट सरकारलाई १३ प्रतिशत भ्याट कर तिर्ने र २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । अन्य रकम कुण्ड व्यवस्थापनमा परिचालन भएका कर्मचारीको तलब, स्थानीय सरस्वती माविका शिक्षकको तलबमा सहयोगका साथै कुण्डको पूर्वाधार निर्माणमा परिचालन हुने गरेको छ”, कार्कीले भन्नुभयो ।

    गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेर बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ । यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने विश्वास छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.