• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाडमा चितवनको अङ्कुरम् एकेडेमी दोस्रो

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भारतको उत्तरप्रदेशको राजधानी लखनउ स्थित सिटी मोन्टेसरी स्कुल राजेन्द्रनगर क्याम्पसमा आयोजित चारदिने अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाड ुऋइँब्क्–द्दण्द्दद्ध’ मा भरतपुर–७, अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ । लखनउको कानपुररोडस्थित अडिटोरियममा सम्पन्न उक्त प्रतियोगितामा अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको हो ।

    प्रतियोगितात्मक कार्यक्रममा जमसेदपुरको हिलटप स्कुल पहिलो र फैजावादको जेवी एकेडेमी तेस्रो भएका छन् । नेपाल, थाइल्यान्ड, श्रीलंका, भुटान र भारतका विभिन्न राज्यका दर्जनौँ विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा सहभागीहरूले आकर्षक शैलीमा शैक्षिक–सांस्कृतिक प्रस्तुती दिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा आयोजित उक्त प्रतियोगितात्मक कार्यक्रममा पाँच देशका दर्जनौँ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथि एवम् उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले सम्बोधन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि पाठकले कम्प्युटर र विज्ञानमा गरिएका व्यापक अनुसन्धानले ज्ञानका सम्पूर्ण आयाममा फाइदा पु¥याउने र विश्वस्तरमै जीवनस्तर उकास्न सहयोग पु¥याउने बताए । उनले भने, ‘युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान र प्रतिभालाई समाजको सर्वोपरि हितमा प्रयोग गर्नुपर्छ ।’ कार्यक्रमका विशिष्ट अतिथि पद्मश्री सुधा सिंहले कोफासजस्ता कार्यक्रममा युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान बढाउने र नयाँ विधि अपनाउने अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा आयोजित पत्रकार–विद्यार्थी अन्तक्र्रियामा अङ्कुरम् एकेडेमीका विद्यार्थी राजन पौडेल र साजन अधिकारीले भाग लिएका थिए । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनीहरूले सिटी मन्टेश्वरी स्कुलमा आयोजित कार्यक्रमबाट आफूहरू लाभान्वित भएको बताए । कार्यक्रममा अङ्कुरम् एकेडेमीबाट १० जना विद्यार्थी र तीन जना शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो । विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले सिटी मन्टेश्वरीसँग अङ्कुरम् एकेडेमीको भगिनी सम्बन्ध रहेको र दुई विद्यालयबीच संस्कृति आदानप्रदान कार्यक्रम भइरहेको बताए ।

    विज्ञान सङ्काय निर्देशक डा. आरएन धितालले कार्यक्रमका सहभागी विद्यार्थीहरूमा विज्ञान र प्रविधिसम्बन्धी नवीनतम् प्रयोगको प्रयोगात्मक र सैद्धान्तिक ज्ञान वृद्धि भएको जानकारी दिए । ओलम्पियाड गेमले साइबर सेक्युरिटीको बारेमा सहभागीलाई गहिरो जानकारी दिएको एन्टी भाइरस र फायरवालले कम्प्युटर सिस्टममा काम गर्ने पद्दतिबारे विद्यार्थीले थप ज्ञान हासिल गरेको उनले बताए ।

    चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थीहरूको समूह फ्रान्सको पेरिसमा हुने ११औँ संस्करणको विश्वव्यापी उद्यमी मेला (ग्लोबल इन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन जाने सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.