• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा

  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभएको छ । पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “सबै नेपालीको मर्म र भावना अटाउने संविधानलाई समयसापेक्षा तुल्याउँदै जानुपर्छ ।

    हामी सबै मिलेर डर–त्रास र भयबाट मुक्त समाज बनाउने कार्य गरौँ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ ।” एउटा सभ्य समाजका लागि लोकतन्त्र र मानवअधिकार सबैभन्दा ठूलो विषय रहेको भन्नुहुँदै उहाँले वर्तमान संविधान समावेशी भएकाले सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको धारणा राख्नुभयो । “विगतमा ठूलो द्वन्द्व थियो, धेरै लडाइँ भयो । कसैले जित्ने र हार्ने विषय थिएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो ।

    अब यसलाई दिगो व्यवस्थापन गर्दै उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउनुहुँदै उहाँले विगतका अनुभवसहित मुलुक विकासमा अघि बढिरहेको विचार व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा चिताउँदै नचिताएका घटना भए, त्यो समय म पार्टीको सेती महाकाली इन्चार्जको जिम्मेवारीमा थिए, अझै पनि त्यस्ता घटनाका पीडितको अवस्था देख्दा मन दुख्छ ।” युद्धका क्रममा दोहोरो भिडन्तमा क्षति भए पनि व्यक्ति हत्या हुनुहुन्न भन्नेमा आफूहरू सचेत रहेकाले सुदूरपश्चिममा त्यस्ता अप्रिय घटना नभएका स्मरण गर्नुहुँदै सचिव भट्टले सुदूरपश्चिममा आफ्नै खाले राजनीतिक अभ्यासको इतिहास भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका युुवा नेता नैनसिँह महरले द्वन्द्वका समयमा निर्भिक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “त्यस बेला आशा र कल्पना गरेको शान्तिको रुपान्तरण अझै हुन सकेको छैन, नेपालको द्वन्द्व अध्ययन गर्नेका लागि पुस्तक महत्वपूर्ण दस्तावेज साबित हुनेछ ।” पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालको शान्तिप्रक्रियालाई मौलिक रुपमा टुङ्ग्याउन पत्रकारिता क्षेत्रको पनि ठूलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता हरेक घटनाको साक्षी हो तर राज्य अहिले पनि यो विधाप्रति अनुदार छ । सरकार र संसद्को प्राथमिकताको ‘एजेन्डा’मा पत्रकारिता क्षेत्र परेको देखिन्न ।

    त्यसैले कतिपय महत्वपूर्ण कानुनसमेत बनेका छैनन् ।” त्यस अवसरमा वरिष्ठ पत्रकारहरु कुन्दा दीक्षित, बबिता बस्नेत, लेखक उपाध्यायले माओवादी सशस्त्र द्वन्द्वका समयमा पत्रकारका भोगाइ, क्रूरता, पीडा, यातना र अवस्थाको वर्णन गरिएको पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमूना रहेको बताउनुभयो । मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको उहाँहरुको भनाइ छ ।

    सङ्गम बुक्स पब्लिकेसन प्रालि प्रकाशक रहेको एक सय ५४ पृष्ठका उक्त पुस्तकमा बिथोलिएको माओवादी आमसभा, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दाेष मारिएका दुई घटना, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमणलगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी घटना समेटिएका छन् ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.