• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

नारायणगढ बुटवल सडक : ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो ।

    “निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,” उहाँले भन्नुभयो, “घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।” नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उहाँले बताउनुभयो ।

    “निर्माण व्यवसायी चाइनाको सरकारी कम्पनी हो,” उहाँले भन्नुभयो, “जसरी हुन्छ नारायणगढ बुटवल सडक विस्तारको काम थप भएको समयमा सक्नका लागि हामीले डिप्लोमेटिक पहलसमेत थालेका छौँ ।” निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको ढकालले बताउनुभयो । अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताउनुभयो । निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो ।

    मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । मनसुनअगाडि नै ‘सबबेस’ र ‘बेस’को काम सकिएको ठाउँमा कालोपत्रको काम पुनः सुरु गरिएको उहाँको भनाइ छ । अहिले नारायणगढ बुटवल सडकको पूर्वी खण्डमा पर्ने गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा कालोपत्र गर्ने काम भइरहेको थापा मगरको भनाइ छ ।

    “मनसुन अगाडि सबबेस र बेस निर्माण गरेर राखिएको ठाउँको कालोपत्र गर्ने काम सकेपछि बाँकी रहेका ठाउँमा सबबेस र बेस निर्माण गर्ने निर्माण व्यवसायीको तयारी छ,” उहाँले भन्नुभयो, “अब मनसुनले असर पु¥याएन भने काम तीव्र गतिमा हुँदैछ ।” कालोपत्रको कामसँगै सडकका खाल्डाखुल्डी पुर्ने र सडकमा पानी छर्किने कामसमेत भइरहेको उहाँले बताउनुभयो । नारायणगढबाट बुटवलसम्म एक सय १४ किलोमिटर रहेको यस खण्डलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

    नारायणगढबाट दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेबाट बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्ड गरी सडक विस्तारको काम भइरहेको छ । ग्लोबल टेन्टरमार्फत दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले हात पारेको थियो । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएअनुसार असार मसान्तसम्म पूर्वी खण्डमा ५२ दशमलव ५१ प्रतिशत भौतिक र ४६ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    त्यस अवधिसम्म एक सय ७२ वटा कल्भर्ट निर्माण सम्पन्न, २२ वटा साना पुल निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । एकतर्फी हिसाब गर्दा एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्ने यस खण्डमा करिब ४५ किलोमिटर कालोपत्र तथा ४० किलोमिटर नाली निर्माणको काम सकिएको निर्देशनालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

    यस खण्ड विस्तारका लागि विसं २०७५ माघमा सम्झौता भएर सोही वर्षको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको बुटवलमा शिलान्यास गर्नुभएको थियो । अहिले पुनः प्रधानमन्त्रीका रुपमा केपी ओली आएपछि उहाँले शिलान्यास गर्नुभएको यो सडक विस्तारको काम चाँडो सम्पन्न हुनेमा जिल्लावासी आशावादी छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.