• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

जल, जमिन र जंगलको महत्त्व दर्शाउन गैँडाकोटमा चेतनामूलक तीज गीत प्रस्तुत 

  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । शनिबार गैँडाकोटमा भने जल, जमिन र जंगलको महत्त्व दर्शाउन महिलाहरुले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था/समूहले सन्देश दिएका छन् । उनीहरुले ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए ।

    केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए । ‘जल जंगल र जमिनको संरक्षण, सफा र सुन्दर पर्यावरण’ विषयक, संरक्षणका सवालहरुको प्रकृतिमा आधारित समाधानको खोजी गर्दै तीज गीत प्रतियोगिता गरिएको हो । ४ वटा सामुदायिक वन र ४ वटा खानेपानी संस्था गरी ८ वटा समूहको संरक्षणसँगै चेतना र सन्देशले भरिएका गीतबीच घम्सा–घम्सी भएको थियो ।

    ‘नदीसँगै हामी’ अभियानका साथ शनिबार नमुना शिवनगर खानेपानी संस्थाको सभाहल गैँडाकोट ६ मा भएको प्रतियोगितामा भेडाबारी सामुदायिक वन प्रथम हुन सफल भएको छ । नन्दन सामुदायिक वन द्वितीय, जयश्री सामुदायिक वन तृतीय र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वनालाई ७ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

    संरक्षणमा समुदायलाई नै सक्रियता गराउन सहमति गैँडाकोट र गैँडाकोट खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको आयोजना तथा सामुदायिक रेडियो विजय एफएम १०१.६ को सह आयोजनामा तीज गीत प्रतियोगिता–२०८१ गरिएको हो । त्यस्तै डब्लु डब्लु एफ, डेनमार्क सरकार र गैँडाकोट नगरपालिकाको सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले पुरानो संस्कृति झल्कने र समुदायले सजग गराउन सबै सक्रिय हुनुपर्ने बताउनुभयो ।

    गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गैँडाकोट ७ का वडाअध्यक्ष होमनाथ सापकोटा, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुषाल, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, नमुना शिवनगर खानेपानी संस्थाका अध्यक्ष जयराम कँडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राख्नुभएको थियो ।

    प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले स्वागत गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रम सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले सहजिकरण गर्नुभएको थियो भने गैँडाकोट खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका संयोजक विष्णुप्रसाद सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.