• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ । बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र गुञ्जायमान भएको हो ।

    लोपोन्मुख अवस्थाका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षण गर्न थालेका छन् । निकै खर्चिला मानिने थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा नौ वर्षपछि हनुमान नाचसमेत देखाइएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ । हनुमान नाच संरक्षण परिषद्ले हनुमान नाचलाई जीवित तुल्याएको छ । यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाइँ नाचलाई व्यवस्थित बनाएर देखाउँदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाइमा वर्षौसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा सुरु गरिएको छ ।

    मङ्का खल बागलुङका अध्यक्ष मुशेकचन्द्र राजभण्डारीले गाईजात्रापछि बागलुङ बजारमा जात्राको रौनताका छाउने गरे पनि भदौरे जात्रा जोगाउनै मुश्किल भएको बताउनुभयो । उहाँले बागलुङमा घण्टाकर्ण पर्वपछि लाखे नाच देखाइने, गाईजात्राका दिन बास्सा नाचसमेत देखाइने जानकारी दिनुभयो । “विसं १८४३ अघि बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारीलगायत समुदाय मिलेर वर्खे जात्रालाई संरक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “सिखारी नाच, थेतर नाच र नाग नागिनी नाच लोप भइसके, लाखेको तीन नाचमध्ये एउटा मात्रै जीवित छ ।”

    स्थानीय काजी गाउँले श्रेष्ठका अनुसार भदौरे नाच दुई सय ३८ वर्ष पुरानो हो । यसको संरक्षण गर्न स्थानीय तहले साथ दिनुपर्ने उहाँको भनाइ छ । श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गतका केही नाच खर्चिला भएकाले देखाउन छोडिएको बताउनुभयो । अहिले भदौरे नाचका कारण बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण नौ वर्षपछि देखाइएको बताउनुभयो । गाईजात्राको दिन बास्सा नाच देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेको पाइन्छ । भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि वर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको हुन्छ ।

    घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने गर्दछन् । भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय हुने गर्छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ । भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको छ । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएको नेवार समुदायको भनाइ छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.