• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अहोरात्र समाचार सेवा सञ्चालन गरेर राससले फड्को मार्‍योः मन्त्री गुरुङ

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताउनुभएको छ । रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।”

    राससले दूरदराजका नागरिकका आवाज समेट्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सामाजिक न्यायका विषयलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । संरचनागत पुनःसंरचनामा लाग्न निर्देशन दिँदै उहाँले कर्मचारीको क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । मन्त्रालयले ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

    “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भन्नुभयो । सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पु¥याइने बताउनुभयो ।

    पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उहाँले ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उहाँले भन्नुभयो । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताउनुभयो ।

    सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट पारित भएको जनाउँदै उहाँले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको स्पष्ट पार्नुभयो । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उहाँले बताउनुभयो ।

    सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पु¥याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमित स्रोतसाधन र जनशक्तिबीच पनि सेवा विविधीकरण र २४ घण्टा समाचार प्रवाह गर्नु प्रंशसनीय रहेको बताउनुभयो । “सत्यतथ्य सूचना जस्ताका तस्तै नागरिकसमक्ष पु¥याउनुहोस्”, सचिव अर्यालले भन्नुभयो, “नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुहोस् ।”

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्ला समय आफूलाई समयानुकूल बनाउँदै लगेको राससले सञ्चारमाध्यमलाई सहजै समाचार उपलब्ध गराउन आफ्नो भूमिकालाई थप प्रखर बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चारमाध्यमको दिगोपना र विज्ञापन बजार विस्तारमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिनुभयो ।

    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सामाजिक मामिलाका साथै सुशासनका पक्षमा राससले प्रखर रुपमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो । “सरकारी सञ्चारमाध्यम भएकाले केही सीमा होलान्, तर यसले विभेद, हिंसा, न्यायमा पहुँच, शक्तिको दुरुपयोग, अनियमिता र बेथितिका मामलामा खबरदारी गर्न सक्छ”, उहाँले भन्नुभयो, “राज्यको तल्लो इकाइसम्म पुगेर सामाजिक विषयमा समाचार खोजीलाई प्राथमिकता दिनुपर्छ ।” वरिष्ठ पत्रकार प्रतीक प्रधानले सरकारी स्वामित्वमा रहेको राससले आफ्ना भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सञ्चारमाध्यममा अब ‘डेडलाइन’ नहुने मान्यतामा आफू पनि सहमत रहेको जनाउँदै उहाँले समाचार तत्क्षणमा दिनेतर्फ राससले ध्यान दिनुपर्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सीमित स्रोतसाधन र जनशक्तिका बीचबाट राससले आफ्नो समाचार सेवा विविधीकरण गर्दै अन्तर्राष्ट्रियस्तरका समाचार समितिले जस्तै गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो । समाचार समिति ‘कहिल्यै पनि सुत्दैन’ भन्ने मान्यताका आधारमा पहिलो चरणमा नेपाली भाषामा २४ घण्टा समाचार सेवा प्रारम्भ गरिएको स्पष्ट पार्दै उहाँले राससले आफ्नो रुपान्तरणको अभियानलाई तीव्र पारेको बताउनुभयो ।

    “रुपान्तरणका प्रयास पर्याप्त छैनन्, नेपाली जनताको सूचनाको आवश्यकता सम्बोधन गर्न रासस क्रियशील छ, यही आवश्यकता सम्बोधन गर्ने प्रयास नै अहोरात्र समाचार प्रवाह हो”, अध्यक्ष झाले भन्नुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले २४ घण्टा समाचार सेवा सञ्चालन गरेर राससले आफूलाई अन्तर्राष्ट्रिय समाचार समितिको हाराहारीमा उभ्याएको बताउनुभयो । पछिल्ला समय सेवाको विविधीकरण गर्दै लगिएको जानकारी दिँदै उहाँले अब छिट्टै नेपाल र मैथिली भाषामा पनि समाचार सेवा दिने तयारी गरिरहेको बताउनुभयो ।

    राससले आजदेखि औपचारिक रूपमा चौबिसै घण्टा समाचार सेवा प्रदान गर्न लागेको हो । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ । आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी चौबिसै घण्टा सेवा प्रदान गर्न लागेको हो ।

    स्थापनाकालमा दिनका एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो ।

    सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरेको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय, २०५५ वैशाखदेखि आलेख, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो, २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.