• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

    चालु आव २०८१÷८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट रु १३ लाख ८२ हजार गरी रु ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आव २०८०÷८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा रु १२ लाख १२ हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ ।

    विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ । कार्यालयकानुसार चालु आव २०८१÷८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ । जसमा एक जना बालकको मृत्यु भएको छ । गत आव २०८०÷८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । जबकी आव २०७९÷८० मा दुई सय ५२ सवारी दुर्घटना हँुदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए । आव २०८०÷८१ मा रु दुई करोड ८३ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।

    ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । कार्यालयले गत आव २०७९÷८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो ।

    ‘‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ”, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो,‘‘आव २०८०÷८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।”

    बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.