• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज (पर्सा)  ।  पर्साका जिराभवानी गाउँपालिका–४ का वृजालाल प्रसाद यादवलाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो । आफ्नो गाउँपालिकाबाट २५ किलोमिटर लामो दुरी तय गरेर वीरगञ्ज आउँदा एकातिर समयको खर्च र अर्काेतर्फ गाडी भाडाले आजित हुनुभएको थियो । अहिले उहाँकै घरदैलोमा इलाका प्रशासन कार्यालय, सुपौली सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    ‘‘पहिला नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने समस्या थियो’’, उहाँले भन्नुभयो, ‘‘वीरगञ्ज जाँदा एक दिनको पूरै समय छुट्टाएर जानुपर्ने हुन्थ्यो । पैसा पनि त्यतिकै खर्च हुन्थ्यो । अब त हिँडेरै सेवा लिन पाइने भयो ।’’ जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि जिराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय, सुपौली पुनःसञ्चालनमा ल्याएसँगै वृजालाल मात्रै होइन, पर्साका जिराभवानी, जगरनाथपुर, पर्टेवा सुगौली र ठोरी गाउँपालिका सर्वसाधारणलाई नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत प्रशासनिक कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।

    जिराभवानी गाउँपालिका महादेवपट्टीका रामविजय चौधरी पनि घरदैलोमा सरकारी कार्यालय आएकोमा हर्षित हुनुहुुन्छ । ‘‘अब त कम्तीमा साइकल चढेरै नागरिकता र पासपोर्ट बनाउन पाइने भयो’’, उहाँले भन्नुभयो, ‘‘पर्साको उर्खुमाउलो गर्मीमा कम्तीमा धेरै हिँड्नु त परेन नि ।’’ उहाँले वीरगञ्जमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन जाँदा मात्रै यातायात र नास्ता बापत् एक हजारभन्दा धेरै खर्च हुने अनुभव सुनाउनुभयो । ‘‘अहिले त इलाका प्रशासन कार्यालयमा साइकल चढेरै आउन पनि सकिने भयो ।

    कुनै कागजात छुटे पनि तुरुन्तै घरबाटै ल्याउन सकिने भएको छ’,’ उहाँले भन्नुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सार्वजनिक सेवालाई जनतामैत्री बनाउन इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याएको बताउनुभयो । ‘‘हामीले सार्वजनिक सेवालाई विकेन्द्रीकरण गर्ने हेतुले इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याएका हौं,’’ उहाँले भन्नुभयो, ‘‘चार पालिकाबाट दैनिक एक सय ५० भन्दा धेरै सेवाग्राहीले आफ्नो घरआँगनबाटै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’’

    इलाका प्रशासन कार्यालय, सुपौली विसं २०७५ पुस ११ गतेदेखि सञ्चालनमा आएको थियो । तर, विविध कारण २०७९ सालदेखि सेवा स्थगित भएको थियो । स्थानीय प्रभु चौधरी थारु, बिन्दा देवि चौधरी थारु र रामकलिया देवी गुरो थारुले उपलब्ध गराएको एक कठ्ठा १७ धुर जग्गामा नयाँ भवन निर्माण गरेर इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जग्गादाता तीनै जनालाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरियो ।

    संविधानसभा सदस्य जयप्रकाश थारु इलाका प्रशासन कार्यालय पुनः सञ्चालन भएसँगै सेवाग्राहीले सहज र सुलभ सेवा प्राप्त गर्ने बताउनुहुन्छ । पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीले संविधानको मर्म अनुरुप जनताको घरदैलोमा इलाका प्रशासन कार्यालय आउनु निकै सुखद् रहेको बताउनुभयो । ‘‘जनताको घरदैलोमा सिंहदरबार भन्ने कुरा यो कार्यालय स्थापना भएर केही हदसम्म भए पनि स्थानीयले अनुभूति गर्न पाएका छन्’’, उहाँले भन्नुभयो, ‘‘इलाका प्रशासन कार्यालय मात्रै होइन, मालपोत, नापीलगायत कार्यालय ल्याएर जनताको घरदैलोमा सरकारको अनूभूति दिलाउन जरुरी छ ।’’

    ठोरी गाउँपालिकाका अध्यक्ष सुवर्ण श्रेष्ठले यस अघि पनि कर्मचारी नबस्ने समस्याले इलाका प्रशासन बन्द भएकाले आगामी दिनमा कर्मचारी अभाव नहुने वातावरण मिलाउन आग्रह गर्नुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानोबाबु अधिकारीले इलाका प्रशासन कार्यालयमा एक जना अधिकृतसहित आठ जना कर्मचारी रहने जानकारी दिनुभयो । कार्यालय शाखा अधिकृतको नेतृत्वमा सञ्चालन हुनेछ । सहायक लेखापाल, तीन नायब सुब्बा, कम्प्युटरसँग सम्बन्धित प्राविधिक एक जना र दुई जना कार्यालय सहयोगी रहने जिल्ला प्रशासनले जनाएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.