• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सङ्खुवासभावासीको विकासप्रतिको चाहना सरकारले पूरा गर्ने

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चैनपुर (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सम्मानमा चैनपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विकासको हिसाबले पछि परेको सङ्खुवासभालाई अगाडि लैजान प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।

    “वर्तमान सरकार समृद्ध मुलुक निर्माण गर्ने अभियानमा छ, उक्त अभियानमा सङ्खुवासभा छुट्दैन,” उहाँले भन्नुभयो । सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने निर्णय सरकारले गरिसकेको उहाँले जानकारी दिनुभयो । ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी जिल्ला सङ्खुवासभामा पर्यटन र कृषिमा समेत उत्तिकै सम्भावना रहेको उल्लेख गर्नुभयो । सङ्खुवासभाको विद्युत्को सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ ।

    “निराशा हुने होइन, आश जगाएर अगाडि बढेमात्र सङ्खुवासभाको विकास हुन्छ,” उहाँले भन्नुभयो । उहाँले गरिब र विपन्न वर्गलाई सम्पन्न नबनाई मुलुक सम्पन्न नहुने भएकाले उनीहरुलाई सम्पन्न बनाउने गरी सरकारले काम सुरु गरेको बताउनुभयो । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभा जलस्रोतको भण्डार र ऊर्जाको सम्भावना भएको जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत्सँगै पर्यटन र कृषिको विकास गर्नसके सङ्खुवासभाले आर्थिक विकासमा फड्को मार्ने उल्लेख गर्नुभयो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । उहाँले सङ्खुवासभाका ९० प्रतिशत भुभागमा विद्युतीकरण भएकाले बाँकी क्षेत्रमा पनि चाँडो विद्युत् विस्तार हुने जानकारी दिनुभयो । सङ्खुवासभाको भाग्य र भविष्य ऊर्जा क्षेत्रमा भएको उहाँको भनाइ थियो ।

    नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)का सभापति दीपेन्द्रमान शाक्य, उपसभापति लोकबहादुर लिम्बूलगायतले समृद्ध सङ्खुवासभा निर्माणका लागि नवनियुक्त ऊर्जामन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले जिल्लाको जलविद्युत् क्षेत्रको विकास, तालको संरक्षण, सौर्यबत्तीको जडान, पर्यटक क्षेत्रको विकास, खानेपानी विकास, कोशी राजमार्गको विस्तार, अस्पतालको क्षमता अभिवृद्धिलगायत माग राख्नुभएको थियो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.