• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांगे्रसले आज आयोजना गरेको ‘बिपीको समाजवाद : आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोज/अनुसन्धान गरी त्यसलाई विश्वसामु पु¥याउनुपर्ने बताउनुभयो ।

    बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । सभापति देउवाले भन्नुभयो, “समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उहाँको भनाइ थियो । “कतिपय कुराहरु समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बिपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घीउ उपलब्ध गराउन सकिन्छ”, उहाँले भन्नुभयो ।

    बिपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उहाँले राजनीतिसँगै बिपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पु¥याउनुभएको टिप्पणी गर्नुभयो । “बिपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उहाँ जत्तिको साहित्यकार विरलै पाइन्छ, राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो, त्यसकारणले मैले उहाँलाई सानो देशको ठूलो नेता भनेको हो ।” कांगे्रसका महामन्त्री गगनकुमार थापाले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै कांग्रेस पार्टीले बिपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बिपीको समाजवाद भनेको व्यक्तिको स्वतन्त्रता हो, उहाँ चिन्तक मात्रै होइन, पार्टीको नेता पनि हुनुहुन्थ्यो, बिपीबाट नयाँ पुस्ताले अझ बढी सिक्नुपर्छ, युवाले बिपीबारे अध्ययन गर्नुपर्ने छ ।” महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ युवालाई रोजगारी दिँदा मात्रै बिपीको सान्दर्भिकता झल्किने बताउनुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.