• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उपसभामुखको राजीनामा माग

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताउनुभयो ।

    “उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्नुभएन । संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।” उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पु¥याएको दाबी गर्नुभयो ।

    सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निगमको वाइड बडी विमान विगत ८० दिनदेखि ‘सिचेक’का लागि इटालीमा रहेको र अर्को वाइड बडी विमान पनि इटालीमै रहेको भन्दै अन्तर्राष्ट्रिय उडान विस्तारको व्यावसायिक योजना नल्याउने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन जरुरी छ ।”

    एमाले सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा आगाडि बढाइनुपर्ने खाँचो औंल्याउनुभयो । नकारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

    संवेदनशील विषयमा नियामक निकायका पदाधिकारीलाई जवाफदेही बनाउन नसकिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले ‘सिचेक’का लागि इटाली रहेको नेपाल एयरलाइन्सको विमान चाँडो ल्याउन र उडानलाई प्रभावकारी बनाउन माग गर्नुभयो । कांग्रेस सांसद प्रतीमा गौतमले काठमाडौँका विभिन्न स्थानका सडक भत्किएको, खाल्डो परेको र समयमै मर्मत हुन नसक्दा सर्वसाधरणलाई आवतजावतमा कठिनाई भइरहेको उल्लेख गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

    देशका अन्य स्थानको सडक पनि मर्मत सम्भार गर्दै नजिकिएको चाडपर्वमा सुरक्षित र सहज यात्राको सुनिश्चित गर्न सरकार समक्ष माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काठमाडौँ महानगरभित्र खोला किनारमा बस्ती निर्माणबारे हालैको सर्वोच्च अदालतको आदेशले खोला किनारका बासिन्दा प्रभावित हुने भन्दै फैसलाको पुनरावलोकन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राजनीतिक दल र सरकारले जनताको तमाम सरोकारका विषयमा ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

    उपसभामुख रानाको राजीनामा माग गरी अन्य विषय ओझेलमा पार्न खोजिएको उहाँको तर्क थियो । कर्णाली राजमार्ग कायम गरियोस् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेतदेखि जुम्ला जोड्ने सडकको नाम मेटाउने काम भएको भन्दै यसलाई कर्णाली राजमार्गका रुपमा नामाकरण गर्न माग गर्नुभयो । दुई सय १० मिलोमिटरको कर्णाली राजमार्गको निर्माणलाई तीव्रता दिन माग गर्नुभयो । उक्त राजमार्ग उद्घाटन गरेको १४ वर्ष पछि २०६३ चैत्र ३० गते जुम्लामा सडक पुग्यो ।

    यो अवस्थामा पुग्न पनि यो राजमार्गले निकै चुनौतिको सामना गर्नु परेको उहाँको भनाइ छ । सांसद कठायतका अनुसार सडक विभागको आधिकारिक दस्तावेजमा २०६९ साल मङ्सिर १९ गतेसम्म पनि कर्णाली राजमार्ग भनेर सुर्खेत जुम्ला सडकलाई जनाइएको छ । यसैका आधारमा अहिले पनि नेपालका ठूला मिडियाले समेत यो सडक खण्डमा केही घटना घट्दा कर्णाली राजमार्ग भनेर समाचार प्रकाशित गर्ने गरेका छन् ।

    तर अहिले यो राजमार्ग बेनामे सडकका रुपमा अलपत्र रहेको उल्लेख गर्दै सांसद कठायतले उक्त सडकले बजेट पनि नपाएको गुनासो गर्नुभयो । बारम्बार पहिरो गइरहने उक्त सडक खण्डको समयमा मर्मत सम्भार पनि हुननसकेको उहाँको भनाइ छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.