• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव

  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो । उपचार गर्नुपर्ने कैदीबन्दीको सङ्ख्या धेरै भएपछि बजेटको अभाव भएको कारागार कार्यालय चितवनले जनाएको छ । कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार कारागारमा अहिले एक सय २४ जना दीर्घरोगी कैदीबन्दी रहेका छन् ।

    कूल सात सय ४८ कैदीबन्दीमध्ये एक सय २४ जनामा मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्षयरोग, क्यान्सर, मानसिक रोग, एचआइभी एड्स, हेपटाइटिस सि, थाइराइड, छारेरोग, न्यूरोसम्बन्धी समस्या देखिएको उहाँले जानकारी दिनुभयो । सरकारले कारागार कार्यालयमा कैदीबन्दीको चाप अनुसार उपचार खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा कैदीबन्दी आफैँले उपचार खर्च बेहोर्ने गरेका आचार्यले बताउनुभयो । “अहिलेको बजेटले सरकारी अस्पतालमा उपचार गर्नसक्ने स्थिति छ”, उहाँले भन्नुभयो, “बिरामीलाई भने मेडिकल लकेजमा उपचार गर्नुपर्ने भएकाले कतिपय अवस्थामा कैदीबन्दीले आफैँले उपचार खर्च बेहोर्ने गरेका छन् ।”

    अहिले पनि चितवन मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको जनाउँदै प्रमुख आचार्यले उक्त उपचार खर्च स्वयं कैदीबन्दीले नै गरिरहेका बताउनुभयो । यहाँ रहेका कैदीबन्दीहरुको उपचारको जिम्मेवार कारागार प्रशासनको भए पनि बजेट अभावका कारण समस्या हुँदै आएको उहाँले उल्लेख गर्नुभयो । कारागार प्रमुख खाचार्यका अनुसार गत आर्थिक वर्षमा रु १३ लाख बजेट उपचारका लागि विनियोजन भएकामा अहिले रु १० लाख मात्रै विनियोजन भएको छ । यो बजेटले क्यान्सरको बिरामीलाई उपचार गर्न कठिन हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

    अघिल्ला वर्षहरुमा न्यूनतम रु २५ लाखसम्म उपचारका लागि बजेट विनियोजन हुने गरेको थियो । प्रमुख आचार्यका अनुसार कारागार कार्यालयमा अहिले उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका १०, क्यान्सरका एक, मुटुरोगी चार, मानसिक रोगी सात, एचआइभी एड्का चार जना छन् । यस्तै हेपाटाइटिस सिका चार, थाइराइडका तीन, छारेरोगका चार र न्यूरोका एक जना बिरामी रहेका उहाँले जानकारी दिनुभयो । बिरामीलाई नियमिति आवश्यक औषधि खरिद तथा सरकारी अस्पतालमा उपचार गर्न बजेट नपुग्ने भन्दै आचार्यले कैदीबन्दी र दातृ संस्थाहरुको सहयोगमा औषधि उपचारको व्यवस्था गरिएको बताउनुभयो ।

    अहिलेलाई समस्या नरहेको भन्दै चालु आर्थिक वर्षको मध्यभागदेखि भने रकम अभाव हुने उहाँले जानकारी दिनुभयो । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा सात सय पाँच र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४३ कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई बालिका र एक जना बालकसमेत रहेका कार्यालयले जनाएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.