• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की ।  माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो । घाचोकको सिरानखेत र तल्लाखेतमा गरी तीन सय १६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ । स–साना खेतका गरालाई मिसाएर ठूलो क्षेत्रफलमा सामूहिक खेती थालेपछि कृषि क्षेत्रमा घाचोक नमूना बन्दै गएको भूमे सिर्जनशील कृषक समूहका सचिव भुवनेश्वर पोखरेलले बताउनुभयो ।

    उहाँका अनुसार चक्लाबन्दीमा कसरी काम भइरहेको छ भनेर देशका विभिन्न भागबाट जनप्रतिनिधि, राजनीतिक दलका नेता, इञ्जिनियर, कृषि प्राविधिक, कृषक तथा सरोकार भएका निकायका प्रतिनिधि अध्ययन, अवलोकनका लागि आउने गरेका छन् । “हामीले स–साना कित्तामा विभाजित जग्गालाई चक्लाबन्दी गरेर सामूहिक खेती गरेका छौँ । यहाँको चक्लाबन्दी अवलोकन र अध्ययन गर्न देशभरबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व आउने गर्नुभएको छ”, सचिव पोखरेलले भन्नुभयो, “हाम्रो ठाउँ अहिले देशमा कृषि क्षेत्रमा नमूना बन्दै गएकामा खुशी छौँ ।”

    सचिव पोखरेलले चक्लाबन्दीपछि खेती गर्न लागत कम हुनाका साथै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । “चक्लाबन्दीका फाइदा धेरै छन् । खेती लगाउन सजिलो भएको छ भने उब्जाउ समेत बढेको छ । सिँचाइमा पनि सहज भएको छ”, उहाँले भन्नुभयो । “चक्लाबन्दी गरिएको जमिनमा खेती लगाउनेदेखि थन्काउनेसम्मको सबै जिम्मेवारी कृषक समूहको छ । आफैँ काम गर्ने कृषकले समूहबाट ज्याला पाउने गर्दछन् । काम गर्न नभ्याउनेले लागत बोर्होनुपर्ने गरी नियम बनाइएको छ ।

    यसबाट खेतीमा समय दिन नसक्नेलाई सजिलो भएको छ”, कृषक समूहका सचिव पोखरेलले बताउनुभयो । प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषिको आधूनिकीरकण तथा यान्त्रीकरणका माध्यमबाट ठूलो क्षेत्रफलमा व्यावसायिक खेतीका लागि जमीन चक्लाबन्दी कार्यक्रम ल्याएपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् । सुरुमा कृषकको जमिन एकीकरण गरेर समथर बनाउनका लागि कृषि मन्त्रालयले अनुदान दिने गरेको छ ।

    सरकारले चक्लाबन्दी गर्न ४० देखि एक सय रोपनीसम्मका लागि बढीमा रु १० लाख अनुदान, एक सय एकदेखि दुई सय रोपनीलाई रु २० लाख, दुई सय एकदेखि तीन सय रोपनीसम्म रु ३० लाख र तीन सय रोपनीमाथि प्रतिरोपनी रु १० हजारका दरले अनुदान उपलब्ध गराउँदै आएको छ । कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमिनलाई एकीकृत गरी प्रदेशभित्र सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी ठूलो परीमाणमा एकै प्रकृतिको व्यावसायिक उत्पादनमा जोड दिन चक्लाबन्दी प्रभावकारी बनेको मन्त्रालयका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म गण्डकीका मनाङबाहेक सबै जिल्लामा गरी पाँच हजार पाँच सय रोपनी जमिन चक्लाबन्दी गरिएको छ । “हिमाल पारिको मुस्ताङदेखि नवलपुरको समथर फाँटसम्म चक्लाबन्दी कार्यक्रम सञ्चालन भएको छ । प्रत्येक वर्ष मन्त्रालयले यस कार्यक्रम गर्दैै आएको छ, कृषकको आकर्षण पनि बढिरहेको छ”, नक्साङ्कन महाशाखा प्रमुख पोखरेलले भन्नुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.