हेटौंडा । थाहानगरबाट काठमाण्डौ जोड्ने छोटो दुरीको सडक मार्ग चित्लाङ-थानकोट सडक बुधबार (कार्तिक १९ गते) बाट बन्द हुने भएको छ । चित्लाङ-चन्द्रागिरी-थानकोट सडक अन्तरगत चन्द्रागिरी-थानकोट सडक खण्डको सेतो पहरा कटिङको कार्य भईरहेकोले बुधबार बिहानबाट अर्को सुचना जारी नभएसम्म लागि सवारी आवागमन बन्द रहने सडक निर्माण सरोकार समितिले जनाएको छ ।








