• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

‘जनअपेक्षाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड’

  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जनअपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने सरोकार भएकाहरुले बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज यहाँ आयोजित ‘संविधानको कार्यान्वयन र चुनौती’ विषयक कार्यक्रममा सहभागी वक्ताले संविधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्वमन्त्री शेषनाथ अधिकारीले जनप्रतिनिधिमार्फत बनेको वर्तमान संविधान देश र जनताको आवश्यकताअनुसार जनप्रतिनिधिबाटै संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

    संविधान कार्यान्वयनमा देखिएका चुनौती सबै राजनीतिक दलबीच छलफल गरी सहमतिमार्फत विद्यमान समस्या समाधानका लागि संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद जगन्नाथ थपलिया, उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिलेको संविधानलाई आवश्यकताअनुसार संशोधन गरेर कार्यान्वयानमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अहिले बनेको सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिका लागि संविधान संशोधन मुख्य मुद्दा बनाएको भन्दै संविधान बनेको नौ वर्ष हुँदा पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखद रहेको उहाँहरुले बताउनुभएको थियो । कार्यक्रममा वक्ताहरुले संविधानमा कार्यान्वयनमा धेरै चुनौती रहेका भन्दै यसलाई आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य देवीप्रसाद ज्ञवाली, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला अध्यक्ष कमल पाठक, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण भूषाललगायतले संविधानमा जनताले नरुचाएका विषयलाई संशोधन गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

    जनतालाई स्थायित्वको सन्देश दिन नसक्दा जनआक्रोश उठ्नु स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनतामा आशा जगाउन सक्नु सबै राजनीतिक दलको दायित्व रहेको सहभागीको भनाइ थियो । यसका लागि सबै दल एकजुट भएर जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न जरुरी रहेको उहाँहरुले बताउनुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.