• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

घरजग्गा वर्गीकरण प्रकरण: व्यवसायीको चर्को दबाब पछि हच्कियो महानगर 

  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन । जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

    भरतपुर महानगरपालिकाको परिषद र समितिको निर्णय अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये वडा नम्बर ६ बाहेक १ देखि १२ वडासम्मको वडाहरुलाई आवासीय क्षेत्र र अन्य बांँकी वडाहरुलाई कृषियोग्य जमीनमा वर्गीकरण गर्ने निर्णय गरेको विरोधमा व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । नारायणी घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, वरिष्ठ उपाध्यक्ष हेमन्त केसी र लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतको टोलीले यो निर्णय व्यवहारिक र बैज्ञानिक नभएको भन्दै तत्काल शंशोधन गर्न दबाब दिए ।

    बुधबार टोलीले भरतपुर वडा नम्बर ६, १३, १४, १५, १६ र वडा नम्बर २२का अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको थियो । आज शुक्रबार भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाउंँदै संघका अध्यक्ष बाबुराम अधिकारीले सिमित व्यक्तिलाई फाइदा पुग्ने गरी घरजग्गाको वर्गीकरणको निर्णय तत्काल शशोधन गर्नुपर्नेमा जोड दिए । ‘यो निर्णय आम किसान , र भुइमान्छेको हित विपरीत भएको र उनीहरुलाई सुकुम्बासी बनाउने निर्णय गरेको भन्दै खेद प्रकट गरे । ‘जबसम्म यो निर्णय सच्चिदैन यसको परिणाम भयानक र गम्भिर हुनेछ ।’

    अध्यक्ष अधिकारीले भने । यो निर्णय महानगर आफैलाई घातक र प्रत्युत्पादक हुने अधिकारीको भनाई थियो । व्यवसायीको चर्को दबाब र विरोधपछि महानगर केही हदसम्म संयमित भएको छ । सो क्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो निर्देशन संघीय कानुन अनुसार भएकोले आफूहरु बाध्यतामा परेको प्रतिक्रिया दिए । कुनैपनि कानुन समय सापेक्ष र आवश्यकता अनुसार शंशोधन हुन सक्ने भन्दै व्यवसायीलाई नआत्तिन आग्रह गरे ।

    ’हामीपनि बाध्यतामा थियौं ,ऐन कानुन सधै एउटै र एकै हुंँदैन उनले भने, यसलाई सबैको छलफल पश्चात शंशोधन गर्न सकिन्छ ।’ भरतपुर महानगरपालिकाम जम्मा १५ प्रतिशत मात्र कृषियोग्य जमीन रहेको भन्दै उपप्रमु अधिकारीले यसलाई आवश्यकता अनुसार आवास, उद्योग, व्यवसायका क्षेत्रमा वर्गीकरण गर्न सकिने उनको भनाई थियो । प्रमुख दाहालले व्यवसायीहरुको जायज माग सम्बोधन गरिने बताउंँदै आफूहरु महानगरबासीको हित विपरित जान नसक्ने बताईन । उनले यो निर्णय कार्यपालिकाको बैठकमा केही वडाअध्यक्षहरुले निर्णय गरेको भन्दै यसबारे आफूलाई समेत जानकारी नभएको बताईन ।

    ‘कार्यपालिकामा भएको यो निर्णय मलाई जानकारी छैन, उनले भनिन, निर्णय जायज नभए हामीले यसलाई थप अध्ययन गरी पुन छलफल गर्नेछौं ।’ हाललाई यो निर्णय कार्यान्वयन नगरिने र पुरानै नियम अनुसार कार्यान्वयन हुने दाहालले बताइन् । उनले यसबारे थप विज्ञ टोली, घरजग्गा व्यवसायी, कानुन व्यवसायी एवं सरोकार वालासंँग घनिभुत छलफल गरेर मात्र अघि बढ्ने बताईन् ।

    महानगरपालिकामा गत १२ गते समिति र परिषदको बैठकले आवासीय जग्गालाई कृषिजग्गामा रुपान्तरण गर्ने निर्णय गरेपछि र साविक ६ मिटरको बाटोलाई ८ मिटर बनाउने निर्णय गरेपछि भरतपुरमा जग्गाको कारोबार समेत ठप्प बनेको छ भने आम नागरिकमा समेत अन्यौलता छाएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.