चितवन । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको १५ औं महाधिबेशनमा कोइराला परिवार एक वनाएर लैजाने प्रयास गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले भन्नुभयो “परिवार मिलाएर महाधिबेशनमा जानु पर्छ ।”
आँफु सभापतिको उम्मेदवार रहेको बताउँदै उहाँले परिवार मिलाउन सक्ने नसक्ने भन्ने कुरा पछि छलफलका क्रममा थाहा हुने बताउँनु भयो । उहाँले भन्नुभयो “कोइराला परिवार एक वनाएर लैजानेमा भूमिका खेल्ने छु ।” अहिले पनि कुराकानी भईरहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै नेता कोईरालाले सहकारीको छानबिनका लागि बनेको समितिको प्रतिबेदनका आधारमा कानुनी प्रकृया सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कानुनले जे भन्छ त्यही गर्ने हो । अनुसन्धान पछि मात्र को चोखो हो थाहा हुन्छ ।”








