• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

प्रथम मिष्टर चितवनको उपाधि राज कुमार मानन्धरलाई

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा शनिबार सम्पन्न “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले मिष्टर चितवनको उपाधि जित्न सफल भएका छन् । पाँच छुट्टाछुट्टै वेट क्याटगोरी बिजेता (गोल्ड मेडलिष्ट) हरुलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो । ५ प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा मानन्धरले उपाधि हात पारेका हुन ।

    प्रतियोगिताको ओभरअल बिजेतालाई नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रथम मिष्टर चितवनका बिजेता मानन्धरलाई प्रदान गरिएको रु एकलाख पचास हजार रुपैयाँ चितवन समाज हङकङले उपलब्ध गराएको थियो । त्यस्तै महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ उपाधि एलिना सुनारले हात पारेकी हुन् । महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिताकी बिजेता सुनारलाई प्रदान गरिएको रु ५० हजार नगद अमेरिकाबाट निरा गुरुङ्गले उपलब्ध गराउनु भएको थियो ।

    प्रतियोगिता अन्तर्गत ५५ के.जि.वेट क्याटगोरी तर्फ १३ प्रतियोगि मध्ये राजकुमार मानन्धर प्रथम, छेसङ्ग तामाङ्ग द्धितीय, रामबहादुर गुरुङ्ग तृतीय, महमद बेलाल मिया ठकुराई चौथो र साइधुल मियाले पाँचौं स्थान हासिल गरेका थिए । ६० के.जि.वेट क्याटगोरीतर्फ ९ जना प्रतिप्रर्धी मध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्धितीय, सुमन तामाङ्ग तृतीय, विकेश कुमार शाह चौथो र जितेन्द्र कुमार शाहले पाँचौं स्थान हासिल गरेका थिए त्यस्तै ६५ के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ्ग द्धितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गरेका थिए ।

    त्यस्तै ७० के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये सुर्जे सुनार प्रथम, विरेन्द्र अधिकारी द्धितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महत्तोले चौथो स्थान हासिल गरेका थिए । त्यस्तै ७५ के.जि. वेट क्याटगोरीमा ३ जना प्रतिस्पर्धीहरु मध्ये इन्द्र बहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्धितीय र क्याप्टेन रुद्रीविर क्षेत्रीले तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ ३ जना प्रतिस्पर्धीहरु मध्ये द्रोपद श्रेष्ठ प्रथम, क्याप्टेन रुद्रीविर क्षेत्री द्धितीय र मान प्रसाद गुरुङ्गले तृतीय स्थान हासिल गरेका थिए ।

    त्यस्तैगरी महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ ५ प्रतिस्पर्धीहरु मध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्धितीय, सुजता सुनार तृतीय, विबिसा ओली चौथो र सरिता चौधरीले पाँचौं स्थान हासिल गरेका थिए । प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेतालाई रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)लाई रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)लाई रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

    प्रतियोगिताको प्रमुख निर्णायकमा प्रताप काजी बरिया र निर्णायकहरु दिनेश कुमार राजभण्डारी, अनिलकृष्ण श्रेष्ठ, केशव बहादुर शाक्य, राजकुमार श्रेष्ठ, बुद्धिजंग कार्की, राजेश भेटवाल, श्रीकृष्ण कर्माचार्य, शिव कार्की रहनुभएको थियो । कार्यक्रममा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले स्वागत मन्तव्य, बागमती प्रदेश शारीरिक सुगठन फिटनेश महासंघका कार्यसमिति सदस्य राकेशमान श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने सह–प्रायोजक संस्था सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि.का अध्यक्ष यज्ञविलास पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको मुख्य प्रायोजकमा विवाईडि, सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका थिए ।

    कार्यक्रमलाई सफल बनाउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगी पु¥याउने सहयोगी संस्थाहरु, समितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, निर्णायकहरु, खेलप्रेमी महानुभावहरुलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.