• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

एमाले चितवनको सचिवालय बैठक : जिल्ला भर शुभकामनाका कार्यक्रम नगर्न निर्देशन

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमाले चितवनको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा सम्पन्न बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरुको उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    त्यसैगरी बैठकले विपद्मा परेकाहरुको उद्दार, राहत र क्षतिपूर्तिमा विशेष ध्यान दिन तीन वटै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । जिल्लाभित्र भएको क्षतिको पार्टी तहबाट पनि अनुगमन गर्ने, तथ्यांक संकलन गर्ने, राहत र उद्दारमा जुट्न आफ्ना सबै जनवर्गीय संगठन र पार्टी पंक्तिलाई निर्देशन समेत गरेको छ । विगतदेखि पार्टीका तर्फबाट आयोजना गरिँदै आइएको बडा दशैं, शुभ दिपावली, छठ र नेपाल संवत लगायतका चाडपर्वका शुभकामना आदनप्रदान कार्यक्रम हाललाई स्थगित गरिएको छ ।

    देश शोकमा परेको अवस्थामा कार्यकर्ता जुटि गरिने शुभकामना आदनप्रदान कार्यक्रमलाई समस्यामा परेका जनताको उद्दार र राहतमा परिणत गरी जनताको सेवामा खटिने निर्णय भएको पार्टी अध्यक्ष कमल राज पाठकले बताए । पार्टी कमिटीका सबै तह र जनवर्गीय संगठनका सबै तहका कमिटीले शुभकामना कार्यक्रम नराख्ने बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुलाई कम्तिममा १०० रुपैयाँ अनिवार्य सहयोग गर्न समेत बैठकले निर्देशन दिएको प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । पार्टीको पालिका अधिवेशनहरु कार्तिक महिनाभित्र सम्पन्न गर्ने, त्यसैगरी असोज भित्र क्षेत्रीय कमिटीहरुको बैठक बस्ने, विभागहरुलाई पूर्णता दिने लगायतका निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, केन्द्रीय निर्वाचन आयोग सदस्य हिमकला गैरे, केन्द्रीय भूमि व्यवस्था विभाग सचिव विजय सुवेदी, बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, भरतपुर महानगर इन्चार्ज तथा निवर्तमान जिल्ला रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    पार्टी सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पार्टी उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । बैठकमा उपसचिवहरु मिन बहादुर परियार र ज्वाला पुरी वनले सहजिकरण गरेका थिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.