चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले नेपालको अर्थतन्त्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेकोल यसलाई व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताउनु भएको छ । सहकारी देशको अर्थतन्त्रको मेरुदण्ड रहेको बताउंँदै उहांँले सहकारीले आफ्नो दायित्व भुमिकालाई बिर्सन नहुने बताउनु भएको हो ।
भरतपुर–७ स्थित मिलिजुली बहुउद्देश्यीय सहकारी सस्थाको २६ औं बार्षिक साधारणसभालाई शुक्रबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले देशमा पछिल्लो समय आएको बाढिपहिरो भन्दा सहकारीको क्षेत्रमा आएको बाढी भन्दा कयौं गुणा खतरनाक भएको बताउनु भयो । नेपालको सिङ्गो अर्थतन्त्रलाई नै तहसनहस बनाउने गरी सहकारी क्षेत्रमा बाढी आएको र व्यवस्थापन हुन नसक्दा यो समस्या भोग्नुपरेको उहांँको भनाई थियो ।
“देश भित्र भित्रै खोक्रो भइसक्यो यसको बेलैमा उपचार गर्न जरुरी छ“ उनले भने, यदि सहि उपचार हुन सकेन भने हामी वास्तविक आर्थिक बिपदसग सामना गर्न तयार रहनुको विकल्प रहदैन । कार्यक्रममा सस्थाका सचिब राजेन्द्र बाबु ढकालले आर्थिक बर्ष २०८०÷८१ को सचिबको प्रतिवेदन एवं ऋण उपसमितिको प्रतिवेदन,कोषाध्यक्ष मिननाथ सिग्देलले आर्थिक बर्ष ८०÷८१ को आय ब्यय तथा आर्थिक बर्ष ८०÷८१ को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
त्यस्तै लेखा सयोजक सरोज बाबु ढकालले आर्थिक बर्ष २०८०÷८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,ब्यापार उपसमितिका सयोजक रामचन्द्र चालिसेले ब्यापार उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्र मणि काफ्ले,सस्थाका निबर्तमान अध्यक्ष रामजी पौडेल, सल्लाहकार बिनोद बाबु ढकाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।








