गैंडाकोट । गैंडाकोट वडा नम्बर ६का सरल स्वभावका समाजसेवी, गैर आवासीय नेपाली संघ, पोर्चुगल राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष एवं गैंडाकोट खेलकुद समितिका संस्थापक सचिव,एन आर एन ए अन्तर्राष्ट्रिय समन्वय परिषद सह-कोषाध्यक्ष तिलक गैरेले बाढीपिडीत परिवारलाई राहत वितरण गर्नुभएको छ । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा शुक्रबार उहांँको आर्थिक सहयोगमा खाद्यान्न तथा राहत वितरण गरिएको हो ।
गैरेले स्थानीय बाढी पिडीत १८० घरधुरीलाई दुईलाख बराबरको सहयोग गर्नुभएको हो । चाडबाडमा बाढीपिडीत परिवारलाई केही राहत मिलोस भन्ने हेतुले राहत तथा खाद्यान्न वितरण गरिएको उहांँले जानकारी दिनुभयो ।
‘चाडबाड आएको छ , देशमा दैवी प्रकोपले पिरोलिएका बेला उहांँहरुको घाउमा मलम लगाउंँ भन्ने उद्धेश्यले सहयोग गरेको हुंँ ।’ गैरेले भन्नुभयो । हाल उहांँ व्यवसायको शिलशिलामा पोर्चुगलमा हुनुहुन्छ । उहांँले स्वदेशमा मात्र नभई पोर्चुगलमा रहंँदा पनि धेरै नेपालीहरुलाई सहयोग गर्नुभएको थियो ।
साथै नेपालका अनाथलय, दुर्गम विद्यालयमा पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने उहांँले प्रतिबद्धता जनाउनु भयो ।








