चितवन । चितवनमा चालु आर्थिक बर्षको तीन महिनामा सवारी दुर्घटनाबाट २८ जनाको मृत्यु भएको छ भने २८३ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आब २०८१ साउन देखि असोजसम्म १२४ वटा सवारी दुर्घटना भएका थिए । सबैभन्दा बढी मानवीय क्षति नारायणगढ– मुग्लिन सडकमा जिल्लामा भएका सवारी दुर्घटनाम भएको मानवीय क्षति मध्ये सबैभन्दा बढी नारायणगढ– मुग्लिन सडकमा भएको छ ।
कार्यालयका अनुसार तीन महिनाको अवधिमा सो सडकमा ११ जनाको मृत्यु भएको छ भने ११० जना घाईते भएका थिए भने २३ वटा सवारी दुर्घटना भएका थिए । यस्तै पूर्व– पश्चिम लोकमार्गमा ८ जनाको मृत्यु भएको छ भने ५७ जना घाईते र सो सडकखण्डमा २५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । जिल्लाका भित्री सडकमा पनि ८ जनाको मृत्यु ९९ जना घाइते र ६६ वटा सवारी साधन दुर्घटना, शहरी खण्डमा एकजनाको मृत्यु, १० जना घाइते ७ वटा सवारी दुर्घटना र पृथ्वी राजमार्गमा तीनवटा सवारी दुर्घटनामा ७ जना घाइते भएका थिए भने कसैको मृत्यु नभएको प्रहरीले जनाएको छ ।
कार्यालयका प्रमुख गायत्री राज शर्माले अहिले देशभर बाढी पहिरो गएसंँगै नारायणगढ मुग्लिन सडकमा पनि धेरैठाउंँमा पहिरो गएकोले सवारी दुर्घटना संगै मानवीय क्षति भएको बताउनु भयो । ‘ यो समयमा यो सडकमा बाढी पहिरो पनि गयो, चाडबाडको समयमा सवारीको चाप पनि भयो, सवारी चालकको लापरवाही पनि भयो ।’ प्रमुख शर्माले भन्नुभयो ।
पछिल्ला दिनहरुमा दुर्घटना न्यूनिकरणका लागि गल्ती गर्ने चालकलार्ई आगामी दिनमा गल्ती नगर्ने प्रतिवद्धता पत्रमा सहीछाप गर्न शुरु गरिएको बताउनु भयो । ट्राफिक सचेतनाको लागि मध्यम तथा लामोदुरीका यात्रुबाहक बसका टेलिभिजनमा श्रव्यदृश्य सचेतना मुलक सामाग्री बजाउन लगाईएको उहांँले जानकारी दिनुभयो ।








