हेटौँडा । शनिबार बिहान मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य १३ महिला र १८ पुरुष रहेको जनाइएको छ। १०० जनाको स्वाबमा ३१ जनामा मात्र कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या ३१ प्रतिशत रहेको छ।









