• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रगती समिक्षा ,कार्ययोजना कार्यान्वयनमा भरतपुर महानगर अगाडी

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । महिला शान्ती र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् प्रस्ताव न.ं १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा चितवन जिल्लामा गरिएको प्रगतीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समितीको आयोजना , आदर्श नारी विकास केन्द्र तथा द स्टोरी किचेनका समन्वय तथा युरोपियन युनियनको प्राविधिक सहयोगमा जिल्लाका सातै पालिकाका जनप्रतिनिधि र कर्मचारीका बीचमा कार्ययोजनाबारे भईरहेको प्रगती,आगामी कार्यदिशा र गनुपर्ने कामका विषयमा छलफल गरिएको हो ।

    कार्ययोजना कार्यान्वयनमा भरतपुर महानगरपालिका सबैभन्दा अगाडी देखिएको छ । महानगरपालिकाले कार्ययोजनाले तोकेबमोजिम कार्ययोजना कार्यान्वयन स्थानीय समिती र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति गठन गरि काम अगाडी बढाएको छ । पालिकाको तर्फबाट प्रगतीबारे जानकारी गराउंदै बरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्लेले हालसम्म ९७ जना महिलाको आवश्यकता पहिचान भएको बताउनुभयो ।

    उहाँले सबै द्धन्द्धपीडित महिला तथा बालिकाको आवश्यकता पहिचानका लागि महानगरले वडा नम्बर १० मा सचिवालय स्थापना गरि काम गरिररहेको बताउदै फारम भर्न छुटेका पीडित तथा प्रभावित दिदीबहिनीले कात्तिक महिनाभित्र सचिवालयमा आई फारम भर्न अनुरोध गर्नुभयो । महानगरपालिकाले गोपनीयता तथा संवेदनशीलता सम्बन्धी आचारसंहिता बनाई समितीका सदस्यहरुलाई सपथ ग्रहण गराएर मात्र यो काम शुरु गरेको हो । महानगरले आवश्यकता पहिचानको कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ ।

    सोही अवसरमा रत्ननगर नगरपालिकाका, माडी नगरपालिका र कालिका नगरपालिकाले कार्ययोजनाले तोकेबमोजिम स्थानीय समिती र उपसमिती गठन गरि तथ्याकं संकलन गर्ने प्रकृयामा रहेको जानकारी गराइएको थियो । यस्तै राप्ती नगरपालिका र इच्छाकामना गाउंपालिकाले तिहार लगत्तै कार्ययोजनाले तोकेबमोजिमको समिती बनाई काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले महिला तथा बालबालिकाको सवालमा प्रभावितले प्रत्यक्ष अनुभुति गर्न पाउने गरि काम गरिरहेको बताउनुभयो ।

    उहाँले पालिकाकाले यस बर्षको नीति तथा कार्यक्रममा नै द्धन्द्धपीडितका लागि ५ लाख बजेट बिनियोजन गरेको समेत उल्लेख गर्नुभयो । संघ प्रदेशले निति बनाउने स्थानीय सरकारले खुलेर काम गर्नुपर्ने भन्दै उहाँले रत्ननगरका ३५ सय बढी विपन्न परिवारलाई स्वास्थ्य विमा गरिएको पनि जानकारी गराउनुभयो । यस्तै अटो चालक एकल महिलाका लागि ३ लाख रुपैया लोनको व्यवस्था गरेको समेत उहाँको भनाई थियो । नेपाल सरकारले पारित गरेको दोस्रो राष्ट्रिय कार्ययोजनाको मर्म र भावना अनुरुप आफ्नो पालिका काम गर्न प्रतिवद्ध भएको उहाँको भनाई थियो ।

    यस्तै माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीमा दुवै समिति गठन गरि अभिमुखिकरण समेत सकिएको र तिहारपछि तथ्याकं संकलनको काम गरिने बताउनुभयो । सो अवसरमा बोल्दै आदर्श नारी विकास केन्द्रका संस्थापक एवं कार्यकारी निर्देशक मीना खरेलले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वनलाई सबै पालिकाले अगाढी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यान्वयनकै दौरान प्राविधिक सहयोग आवश्यक परे संस्था सधै सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाले विगत ५ बर्षदेखि ससस्त्र द्धन्द्धबाट पीडित तथा प्रभावित बनेका महिला तथा बालिकाको कथा संकलन गरि अभिलेखिकरण राज्यलाई सघाउने काम गरिरहेको उहाँको भनाई थियो ।

    संस्थाले गरेको अध्ययनमा चितवनमा मात्र ४ सय बढी द्धन्द्धपीडित महिलाहरु भएको र राज्यको संम्बोधनको प्रतिक्षामा रहेको स्पष्ट पार्नुभयो । सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनाको अवधि २ बर्ष पार गरिसकेको भन्दै उहाँले सबै पाकिलाले अवको ११ महिनाभित्र सबै काम गरिसक्नुपर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा दोस्रो राष्ट्रिय कार्ययोजनाको महत्व र राष्ट्रिय स्तरमा कार्यान्वयनको अवस्था का बारेमा द स्टोरी किचेनका कार्यक्रम संयोजक मीना विकले प्रस्तुतीकरण गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै द्धन्द्धपीडित महिला जिल्ला संजालका अध्यक्ष पार्वती खड्काले घटनापछि २० बर्षसम्म घरभित्र सिमित भएका पीडित दिदीबहिनीहरु बल्ल खुलेर बाहिर निस्कन सक्ने भएको भन्दै सबै जिम्मेवार निकायलाई सहयोग गर्न अपिल गर्नुभयो । द्धन्द्धपीडितको पीडा माथि पीडा बल्झाउने काम सम्बन्धित सरकारी निकायबाट नहोस् भन्दै उहाँले गोली थापेर कृतिम सास बोकेर बाचिरहेका द्धन्द्धपीडित दिदीबहिनीलाई राज्यले मन फुकाएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

    जिल्लाका सातै पालिकालाई मेरो अनुरोध तपाईको पोल्टाको जाने होइन मन फुकाईदिनुहोस् हामीलाई सरकारको साथ चाहियो उहाँले भन्नुभयो । कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद अधिकारीले नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले सबै प्रस्ताव कार्यान्वयन गर्न बाध्य भएको दोहोर्याउंदै द्धन्द्धपीडित महिला तथा बालिकाको सवालमा संवोधन गर्न आएको दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरि मानवअधिकारको संरक्षण गर्ने कार्यमा सबै पालिकालाई सघाउन अनुरोध गर्नुभयो ।

    राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जिल्ला कहाँ छ, के गर्ने सबै स्पष्ट भइसकेकाले पीडित प्रभावित र जिम्मेवार निकाय एकै ठाउँमा बसेर गरिएको छलफल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मानवअधिकारको संरक्षण विना कुनैपनि व्यवस्था स्थापित हुन नसक्ने बताउर्दै उहाँले सबै पालिकालाई गम्भिर भएर द्धन्द्धपीडित महिला तथा बालिकाको सवालमा काम अगाडी बढाउन अनुरोध समेत दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सातै पालिकाका मेयर उपमेयर तथा जनप्रतिनिधि, पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, सामाजिक शाखा तथा महिला विकास शाखाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु , पत्रकार तथा मानवअधिकारकर्मीको उपस्थिती रहेको थियो ।

    यसैबीच, द्धन्द्धपीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचानलाई महानगरको तिव्रता ससस्त्र द्धन्द्धको समयमा चितवनमा महिला तथा बालिकाहरु सबैभन्दा बढी प्रभावित बनेको भरतपुर महानगरपालिकाले गरेको प्रारम्भिक तथ्याकंले देखाएको छ । पालिकामा गठित पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिले हालसम्म आएका तथ्याकंको विश्लेषण सहित महानगर प्रमुख रेनु दाहाल समक्ष गरिएको समिक्षा बैठकमा उक्त कुरा जानकारी गराइएको हो ।

    सो अवसरमा उपसमितीका सदस्य सचिव शुशिला वाग्लेले आवश्यकता भएकाहरुको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उपसमिती सदस्य रमा घिमिरेले विगतमा सेवा सुविधा नलिएकाहरुको कथा व्यथा हृदयविदारक पाइएको उल्लेख गर्नुभयो । आदर्श नारी विकास केन्द्रका संंस्थापक अधिकारकर्मी मीना खरेलले पीडित महिला तथा बालिकाहरु आजपनि राज्यको अभिभावकत्वको पर्खाईमा रहेको बताउनुभयो । भरतपुर महानगरपालिकालाई नमुना पालिकाको रुपमा विकास गर्नका लागि संस्थाले द स्टोरी किचेनको सहयोगमा काम गरिरहेको उहाँको भनाई थियो । ् महानगरका नगरप्रमुख रेनु दाहालले पहिचानका क्रममा पीडित प्रभावित कोही पनि छुट्न नहुने बताउनुभयो ।

    आवश्यकता पहिचान भएकाहरुको प्रतिवेदनले महानगरले बनाउने निति तथा कार्यक्रम निमार्णमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस प्रकृयामा सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनको चरणमा रहेको महानगरले यस कार्यलाई थप व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.