भरतपुर । अन्तराष्ट्रिय समरसत्ता मञ्चले भारतको समरसत्ता मञ्चले भारतको दिल्लीमा वैश्विक शान्ति समरसता सम्मेलन संयुक्त राष्ट्र स्थापना दिवसका अवसरमा नेपालका वरिष्ठ समाजसेवी मैयादेवी कन्या कलेज चितवनका अध्यक्ष टंकनाथ पौडेललाई सम्मान गरेको छ ।
मञ्चले समाजसेवी पौडेललाई अक्टुवर २४ मा जम्बुद्धीप पदम श्री अवार्डलै सम्मान गरेको हो । पौडेल समाजसेवाको कार्यमा उत्कृष्ठ कार्य गरेवापत वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्धारा समेत समाजसेवा रत्न पदकले सम्मानित भईसक्नु भएको छ ।
अन्तराष्ट्रिय सस्थाले राजीव गान्धी अवार्ड, मानार्थ डा. पदविलगायत धेरै सस्थाहरुवाट सम्मानति पौडेल नेपालका करिव एकसय वटा संस्थावाट सम्मानित भईसक्नु भएको छ भने दर्जनौ सस्थामा संरक्षक, सल्लाहकार संयोजक, सल्लाहकार, आजीवन सदस्य रहि काम गर्दै आउनु भएको छ ।








