• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

  •   शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबद्र्धन गर्न लागेको हो । चालु आर्थिक वर्षमा मुकुन्देश्वरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको निर्माण पुरातत्व विभागले र अन्य पूर्वाधार गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पूर्वाधारहरू तयार गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

    यस वर्ष मुकुन्देश्वरी गढी र थानीमाई मन्दिरको डिपीआरका लागि रु छ लाख विनियोजन गरिएको थापाले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले छ लाख ५० हजार, वडा नम्बर २ बाट रु एक लाख ५० हजार विनियोजन गरेको उहाँले बताउनुभयो । यसअघि नै मन्दिर पुग्नका लागि सिढी, प्रतिक्षालय र बिजुली पु¥याइसकिएको छ । ऐतिहासिक स्थल मुकुन्देश्वरी गढी संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएको थियो ।

    यहाँ दरबार, सङ्ग्रहालय, पार्क, दृश्यावलोकन केन्द्र लगायतका संरचनाहरू बनाउने योजना छ । बन्दीपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको जनविश्वास छ । यहाँ मुकुन्देश्वरी मन्दिर सहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०÷३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८÷१० फिट भन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् । विसं १५७५ देखि १६१० सम्म पाल्पा राज्य गरेका राजा मुकुन्दसेन विसं १५८१ १५८२ १५८३ सालमा पाल्पाबाट काठमाडौँ उपत्यका जाँदा होस् या आफ्ना राज्यका तीर्थस्थलहरुमा भ्रमण गर्न जाँदा बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी आउने गर्दथे ।

    यहाँ रहेको मुकुन्देश्वरी मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किंवदन्ती रहँदै आएको छ । स्थानीय सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन ।

    मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ । बन्दीपुर आउने पर्यटकहरूलाई उक्त स्थानमा पु¥याउनका लागि विभिन्न योजनाहरू सहित काम भइरहेको अध्यक्ष थापाले बताउनुभयो ।

    गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने योजना पनि गाउँपालिकाको छ ।

    महाभारत श्रृङ्खला अन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरीदेखि माछापुछ्रे अन्नपूर्ण मनास्लु हिमचुली गणेश लाङटाङसम्मका दर्जनौं हिमशृङ्खलाहरु लगायत तनहुँ लमजुङ गोर्खा चितवन र नवलपुरका स्थानहर आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिढि चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.