• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व संकटमा

  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ। जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले बताएछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गरेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गर्छन्।

    ‘कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ। यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ’, उनले भने, ‘अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ।’ २०७४ साल साउन २८ गते नारायणी नदीमा आएको बाढीले १३ वटा गैँडा बगाएर भारतीय क्षेत्रमा पुर् यायो । तीमध्ये नौवटा उतैबाट उद्धार गरेर ल्याइयो भने चार वटा नेपालतर्फ त्रिवेणीमा फर्केका बेला उद्धार गरेर ल्याइएको अभिलेख निकुञ्जसँग छ ।

    नारायणी, राप्ती जस्ता ठूला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्ष जसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन । भारतले पनि नदीमा बगेर पुगेका गैँडा उतै संरक्षण गर्न थालेपछि त्यसलाई उद्धार गरेर ल्याउन सक्ने अवस्था नभएकाले पनि यसको यकिन तथ्य आउन नसकेको निकुञ्जका कर्मचारीको भनाइ छ । बाढी जस्तै अनावृष्टिले पनि तापक्रम बढाउँछ । तापक्रम बढेसँगै संरक्षित क्षेत्रका तालतलैया सुक्ने र गैँडाका लागि आहाल खेल्ने क्षेत्रसमेत नहुने अवस्था आउने डा।पन्तको निष्कर्ष छ । नेपालमा सबैभन्दा बढी गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा नारायणी, राप्ती, रिउसँगै एक सयभन्दा बढी साना साना घोल तथा पोखरी छन् ।

    यीमध्ये आधाभन्दा बढी अहिले पनि हिउँदमा सुक्छन् । जलवायु परिवर्तनको असरले अहिले जसरी नै तापक्रम बढ्दै जाने हो भने ५० वर्षको अन्तरालमा सबै घोल तथा पोखरी सुक्न सक्ने पन्तको अध्ययन निष्कर्ष छ । जलवायु परिवर्तनका कारण जैविक विविधतामा असर पर्दा कतै नेपालको पहिचान मानिने गैँडाको अस्तित्व सकिने त होइन भनेर अहिले नै चिन्ता गर्नुपर्ने वेला आएको उनले बताए। ‘यदि संरक्षित क्षेत्रमा कुनै समस्या आए बाघ, हात्ती जस्ता जनावर त चुरे र महाभारत पहाड शृङ्खलामा पनि रहन सक्छन् तर गैँडाका लागि यो क्षेत्र अनुकुल छैन’, उनले भने। ५० वर्षमा गैँडा लोप नै भएर जाने अवस्था नभए पनि समय अनुकूल वासस्थान सुधार गर्न नसके गम्भीर असर गर्ने अध्ययनको निष्कर्ष छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.