फाइल फोटो
हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ रमनटारमा गुडिरहेको यात्रुबाहक हायस गाडीमा आगलागी भएको छ।आइतबार बिहान मनहरी ज्यामिरेबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बा २ ख २५५६ नम्बरको हायस गाडीमा आगजनी भएको हो। ब्याट्री सर्ट भई आगलागी भएको र आगलागीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको मनहरी प्रहरीले जनाएको छ। आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बुझिएको छ।








