• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

परिवारसहित वैकुण्ठ तालमा घुम्न गएका थिए अर्जुन, छोरीले फोटो खिच्दैगर्दा तालमा खसेर अस्ताए

  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बिहीबार छठ पर्वका दिन सर्वजनिक बिदा थियो। चितवनको भरतपुर महानगरपालिका–१६ प्रगतिटोलका ३५ वर्षीय अर्जुन गौतमले बिदाको सदुपयोग गर्न घुम्न जाने योजना बनाए। भरतपुरकै प्रभावशाली चार्टर एकाउन्टेन्टको रुपमा प्रख्यात गौतम छठ पर्वको दिन कुनै धार्मिक स्थल घुम्न जाने सोचमा थिए। पारिवारिक स्रोतका अनुसार अर्जुनले आफ्नी श्रीमती शर्मीला गौतमलाई पनि एक दिनको लागि अफिसमा बिदा लिन भनेका रहेछन्। नारायणी सामुदायिक हस्पिटलमा नर्सको काम गर्ने शर्मीलाले ‘आज बिदा मिलाउन सकिन्न, अरु कुनै दिन मिलाएर जाउँला’ भनेकी थिइन्। अर्जुनका काका नाता पर्ने दण्डपानी गौतमले दिएको जानकारी अनुसार शर्मीला त्यती भनेर हस्पिटल निस्किइन्।

    तर अर्जुनले श्रीमती जान नभ्याए पनि आफ्ना आमा बुवा, छोरीहरू र ससुरालीका बा–आमा लिएर जाने निर्णय गरे। आमा देवी गौतम, बुवा टीकाराम गौतम र दुई छोरीहरू लिएर घरबाट निस्किए। आफ्नो घर नजिकै रहेको ससुरालीमा पनि घुम्न जानका लागि खबर गरे। अर्जुनकी सासुआमा र सालो पनि उनीहरूसँगै घुम्न गएको दण्डपानी बताउँछन्। ‘ससुरालीमा फोन गर्दा अर्जुनका ससुराबुवाले म भ्याउँदिन ज्वाइँ भन्नुभयो रे। सासुआमा र सालोचाहिँ सँगै गएका रहेछन्,’ दण्डपानीले भने, ‘कसरा भन्ने ठाउँमा पुगेपछि अर्जुनकी सासुले हामी वैकुण्ठ ताल नजाम्। बरु ठोरी अयोध्या हेर्न जाउँ भन्नुभएको थियो रे।

    तर अर्जुन आफैँले एकपटक गएर आउँ न भनेर कर गरेरै गएको भन्नुहुन्छ उहाँहरु।’ दण्डपानीका अनुसार वैकुण्ठ तालमा जानमा लागि गाडिबाट ओर्लिएर हिँड्ने क्रममा अर्जुन आफ्नो जेठी छोरीलाई लिएर अघिअघि गएका थिए। आमाबुवा, सासुआमा र सालो चाहिँ सानी छोरी लिएर अलि पछाडी आउँदै थिए। उनीहरू जब तालको नजिक पुगे त्यहाँ अर्जुन देखेनन्। छेउमै हातमा मोबाइल बोकेर उभिरहेकी जेठी नातिनीलाई उनका हजुरबुवा टीकारामले ‘बाबा खोइ त छोरी ?’ भनेर सोधे। अर्जुन उभिएको ढुंगातिर उनले हातले इशारा गर्दै भनिन्, ‘बाबा उ त्यहाँ जानुभएको छ।

    अहिले आउनुहुन्छ।’ त्यतिबेलासम्म अर्जुन वैकुण्ठ तालमा डुबिसकेको अवस्थामा परिवारका अन्य सदस्यले देखेको अर्जुनका काका दण्डपानीले सुनाए । परिवारको साथमा वैकुण्ठ ताल घुम्न पुगेका अर्जुन सोही तालमै अस्ताए। परिवारका सदस्यहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरीले घटनास्थलबाट अर्जुनलाई बेहोस भएको अवस्थामा उद्धार गर्‍यो। उपचारका लागि सोही दिन भरतपुर सरकारी अस्पतालमा ल्याइपुर्‍यायो।

    तर अस्पतालसम्म आइपुग्दा नै उनको शरीरले श्वास फेर्न छोडिसकेको दण्डपानीले बताए। ‘एकछिन त कता गयो भनेर खोज्न थालेका अरे,’ लामो सास फाल्दै दण्डपानीले भने, ‘छोरीले फोटो खिच्न ढुंगामा चढेको बताएपछि मात्रै चिप्लिएर तालमा डुब्यो भन्ने थाहा भएछ। उद्धार गर्ने बेलासम्म के श्वास रहन्थ्यो !’ मृतक अर्जुनका ५ वर्ष र २ वर्षको दुई छोरी छन्। अर्जुन दुई दाजुभाई मध्येका जेठो छोरा हुन्।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.