• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

रत्ननगरमा कसैमाथि विभेद छैन : मेयर सापकोटा

  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगरमा कसैमाथि विभेद नरहेको स्प्ष्ट पारेका छन् । दलित तथा सीमान्तकृत समुदायको सामाजिक सुरक्षा, स्वास्थ्य र मानवअधिकारका सवालमा रत्ननगर देशभरका ७५३ पालिकामध्ये अग्रपंक्तिमा रहेको उल्लेख गरे ।

    रत्ननगरमा कुनै पनि दलित समुदायले मैले अधिकार पाइनँ, ममाथि विभेद भयो र म यो सेवासुविधाबाट वञ्चित भएँ भन्ने अवस्था नरहेको उनले बताए । राष्ट्रिय दलित आयोगको आयोजनामा रत्ननगर नगरपालिकाका दलित समुदायको समग्र स्थितिको अध्ययन गरी नीति तथा कार्यक्रमहरुको समीक्षा, अनुगमन र मूल्याङ्कनसम्बन्धी कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा कसैमाथि भेदभाव नभई समतामूलक अवस्था रहेको बताए ।

    उनले दलित, विपन्न तथा सुकुमबासी समुदायलाई स्वास्थ्यसेवा प्रदान गर्न तीन हजार ५०० घरधुरीलाई पूर्ण तथा ५० प्रतिशत छूटमा स्वास्थ्य बिमा कार्यक्रममा जोडेको, स्वास्थ्य बिमामा नजोडिएकालाई असहाय विपन्न सहायता कोषमार्फत २५ हजार रूपैयाँसम्म निःशुल्क उपचारको प्रबन्ध गरिएको बताए । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलितको मौलिक हक र स्थानीय सञ्चालन ऐन–२०७४ ले व्यवस्था गरेका प्रावधान कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताउँदै जातीय छुवाछुत र भेदभावका सवाल, रोजगारी प्राथमिकता, बजेट, सहभागिता, अनुदान, छात्रवृत्ति, योजना, दलितलक्षित खाद्य, पोषणलगायतका विषयमा आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

    सो अवसरमा उपप्रमुख यादवप्रसाद पाठकले दलित सबलीकरण कार्यक्रमबारे जानकारी दिँदै रत्ननगरमा ८५ जना जनप्रतिनिधिमध्ये १७ जना दलित समुदायको प्रतिनिधित्व रहेको बताए । उनले हालसम्म दलितको वास्तविक संख्यासमेत यकिन नभएकोले उनीहरुको सूचीकरणका लागि यसवर्ष दस लाख रूपैयाँ बजेट विनियोजन गरी विवरण सङ्कलन थालनी गरिएको जानकारी दिए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगरमा पञ्जीकरण शाखामार्फत अनलाइनमार्फत घटना दर्ता हुने गरेको, दलितलाई राष्ट्रिय जाति प्रमाणित गरी स्थानीय पाठ्यक्रममा समावेश गरिएको, विपन्न, दलित र सीमान्तकृतका लागि विद्यालय÷क्याम्पसमा छात्रवृत्तिको व्यवस्था गरिएको, दलित समुदायलाई उद्यमशील र सीप विकास कार्यक्रमहरुमा सहभागी गराई दलितलक्षित कायक्रमलाई प्राथमिकता दिइएको बताए ।

    यस्तै, कार्यपालिका सदस्य राजेन्द्र हमालले रत्ननगरमा दलित सशक्तीकरण कार्यक्रममार्फत दलितका अधिकारलाई सम्बोधन गरिएको बताए । दलितलाई लक्षितवर्गमा समावेश गरी सहभागिता गराइएको र वडामा समेत दलितलक्षित कार्यक्रमका लागि बजेट छुट्याइएको बताउँदै रत्ननगर छुवाछुतमुक्त नगर रहेको जिकिर गरे ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.