• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताउनुभएको छ । विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताउनुभयो ।

    कृषि क्षेत्रमा पु¥याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “मानव वन्यजन्तुबीचको द्वन्द्व गम्भीर चुनौतीका रुपमा देखापरेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृति आहार तथा बासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र बासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेतीबालीमा क्षति पु¥याउने समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो । “बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँबस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकाशिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

    उहाँले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताउनुभयो । “बाँदरलगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, बिगत दुई दशकमा नेपालमा मानव जातिमा देखापरेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरु पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूूनीकरण हुनु आवश्यक छ”, उहाँले भन्नुभयो । मन्त्री अधिकारीले बन्यजन्तुमा रोग निगरानी प्रणाली आवश्यक छ भन्नुभयो ।

    “बन्यजन्तुबाट पशु हुँदै मानवमा रोगको फैलावटलाई रोक्न प्रभावकारी कदम चाल्न आवश्यक छ, जङ्गली जनावर र मानव द्वन्द्व निवारण, समस्याग्रस्त जङ्गली जनावरको उद्धार तथा व्यवस्थापन, जङ्गली जनावरको आनीबानी तथा तिनीहरुबाट मानिसमा सर्ने रोग न्युनिकरण गर्न जनचेतना जगाउन आवश्यक छ, प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रका किसान, जनप्रतिनिधि, नागरिक समाजसमेतको सहभागितामा जनावर र मानवद्वन्द्व नियन्त्रण सम्बन्धि क्रियाकलापहरु सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ”, उहाँले भन्नुभयो। मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक दिलिप सुब्बाले मानव जनसङ्ख्या बृद्धिसंगै बन्यजन्तुले आफ्नो गतिविधि सहज रुपमा गर्न नपाएकाले मानव वन्यजन्तु द्वन्द्व बढेको बताउनुभयो । उहाँले वन्यजन्तुले आफ्नो वासस्थान र सिकार गर्ने क्षेत्रको संकुचन हुँदा मानव वस्तीहरुमा परेर खेतीबाली नोक्सानी गर्ने गरेको भन्दै यसले खाद्य सुरक्षामा चुनौती थपेको बताउनुभयो । नेपालका लागि जापानी राजदूत तामुरा ताकाहिरोले आधुनिक समाजमा बन्यजन्तु व्यवस्थापन ठूलो चुनौती बनेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले उनीहरुको बासस्थान र सिकार खेल्ने क्षेत्रमा प्रभाव परेको छ भन्दै यो विषयमा छलफल गरेर समाधान गर्नु आवश्यक छ भन्नुभयो ।

    राजदूत ताकाहिरोले जापान र नेपालबीचको सहकार्यमा नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पु¥याएको उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा क्षेत्रको विकासका साथै ज्ञानसीपको हस्तान्तरण, स्वास्थ्य सेवाका लागि अस्पतालको स्तरोन्नति, स्वास्थ्य उपकरण, औषधि, र स्वास्थ्य तालिम उपलब्ध गराउने लगायतका काममा निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । गोष्ठीमा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजकीले जलवायु परिवर्तनले बढ्दै गएको असर र वन्यजन्तुको द्वन्द्वका कारण नेपालको विविधतामा परेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले वन्यजन्तु व्यवस्थापन नेपालको ठूलो समस्या हो भन्दै नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जाइकाले यसतर्फ समन्वय र सहकार्य गरेर सहयोग गर्नसक्ने बताउनुभयो । जेएसपीएस बैंकक कार्यालय थाइल्यान्डका डा युशिओ ओतानीले नेपाल र जापानबीचको सम्बन्धका माध्यमबाट वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपको हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.