एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण भएको छ। इजिप्ट फुटबल एसोसियसनले शुक्रबार सलाहलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ । संक्रमण भएपनि उनलाई कुनै लक्षण नदेखिएको बताइएको छ । २८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् । इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ । उनले अब केही खेल गुमाउने भएका छन् ।








