• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा

  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ ।

    प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ । मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसित समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो ।

    “ल्याबको काम अन्तिम चरण आइ सकेको छ, मङ्सिर ११ गतेसम्म सबै कार्य पूरा गर्ने भनिएको छ, त्यसपछि मङ्सिर १५ गतेदेखि मेसिन सञ्चालन गरी परीक्षण शुरु गर्छौ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “मेसिन चलाउने जनशक्ति व्यवस्थापन भई सकेको छ, उहाँहरुलाई मङ्सिर ३ गते १५ दिने तालिमका लागि पठाइ रहेका छौँ ।”

    पिसिआर प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएका छन । त्यसमा बिएमएलटी चार, माइक्रो बायलोजिष्ट एक, ल्याब टेक्नेसियन दुई र चार जना स्वीपरलगायत छन् । भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउन मेसिन खरिद गरी अस्पतालाई गत महिना हस्तान्तरण गरको छ ।

    नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसित समन्वय गरी रु ३८ लाखमा मेसिन खरिद गरेको थियो । मेसिन सञ्चालनका लागि चाहिने दैनिक खर्च व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरी कार्य अघि बढाइएको छ ।

    कञ्चनपुरका सबै जनप्रतिनिधि र स्थानीय सरकारले मेसिन सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरी सकेका छन । भीमदत्त नगरपालिकाले महाकाली अस्पताल, जिल्ला समन्वय समिति र सुदूरपश्चिम प्रदेशका सदस्यहरुसित समन्वय गरी मेसिन खरिद गरेको थियो ।

    अस्पतालले पिसिआर प्रयोगशाला बनाउन क्यबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माइक्रोसेन्टिफ्युज लगायतका ८२ लाखकोे उपकरण खरिद गरी सकेको छ ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन
    भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.