हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कोरोना संक्रमित एक बृद्धा महिलाको मृत्यु भएको छ । हेटौंडा-५ की ६४ बर्षीया बृद्धाको घरमै मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बिहान मृत्यु भएको छ ।उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ । मृतकको घरमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको टोली पुगेको छ ।मृतक महिलाको घरमा उच्च सतर्कता अपनाइएको जनाइएको छ।








