हेटौँडा । हेटौंडा-७ नागस्वती अग्राठेमा गोठमा आगलागी भएको छ। आगलागी हुँदा लाखौंको क्षति भएको बुझिएको छ। शुक्रबार दिउँसो हेटौँडा-७ नागस्वती अग्राठेमा नवराज तितुङको गोठमा कुँडो पकाउने क्रममा आगलागी हुँदा गोठ जल्नुका साथै गोठमा राखिएको अन्नपात र पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्रममा गोठमा आगलागी भएको र हेटौँडा उपमहानगरपालिकाको दमकल,स्थानीय र प्रहरीको सहयोगमा करिब १ घण्टामा आगो नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको बुझिएको छ।








