सांकेतिक तस्विर
हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहानगरपालिका वडा नम्बर ३ सुन्दरबस्ति स्थित एक फर्निचर पसलमा आगलागी भएको छ। मंंगलबार बिहान थाहानगर-३ सुन्दर बस्तिमा रविन्द्र गोपालीले संचालन गरेको आरती फर्निचर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा काठपात जलेको र करिब २ लाख बराबरको क्षति भएको बुझिएको छ। आगो लाग्नुको कारण खुलेको छैन भने आगो स्थानिय,प्रहरीको सहयोगमा करिब १ घण्टामा नियन्त्रणमा आएको जनाइएको छ।








