हेटौँडा । मकवानपुरमा १२ जनालाई कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३७ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य ५ महिला र ७ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३२ प्रतिशत रहेको छ ।









