सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको सिस्नेरीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।मृत फेला पर्नेमा ललितपुर हुसेलका अन्दाजी ८० प्रताप बज्यु रहेका छन् । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ पापीखोल्सा नजिक सिस्नेरी-फर्पिङ सडक छेउमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी सिस्नेरीलाई जानकारी दिएका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको प्रहरीको भनाइ छ ।








