• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उद्योग वाणिज्य संघ चितवन: उपाध्यक्षमा जनक पौडेल अघि, व्यवसायीमा उत्साह

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ–चितवनको आसन्न अधिवेशनका लागि उपाध्यक्ष पदमा जनक पौडेललाई सर्वसम्मत रूपमा उमेदवार मनोनयन गरेको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले पौडेललाई उपाध्यक्ष, वस्तुगत तर्फ कार्यसमिति सदस्यका लागि कृष्ण भट्ट तथा उद्योगतर्फ कार्यसमिति सदस्यका लागि इमान्दु बराललाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष कृष्ण भट्टले जानकारी दिए। उद्योग वाणिज्य संघ–चितवनको पुस १९ देखि २१ गतेसम्म अधिवेशन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि हुने यो अधिवेशनलाई चितवनका व्यवसायी समुदायले विशेषरूपमा हेरिरहेका छन्। नेतृत्वमा को आउने भन्ने विषयले व्यवसायी वृत्तमा सक्रिय बहस र छलफल बढेको छ।

    उपाध्यक्ष पदका उम्मेदवार जनक पौडेलले संघले गरेको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायी समुदायको निरन्तर सहयोग र समर्थनको अपेक्षा गरे। उनले आफू लामो समयदेखि व्यवसायीका हितका मुद्दामा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायीले भोगिरहेका संरचनागत, नीतिगत तथा प्रशासनिक समस्याका समाधानमा जोड दिने बताए। “चितवनका व्यवसायी विभिन्न प्रकारका चुनौतीबाट गुजरिरहेका छन्।

    कर, अनुमति प्रक्रिया, बजारको अस्थिरता तथा पर्यटन क्षेत्रको पुनरुत्थानजस्ता विषय प्रमुख छन्। यी समस्यालाई टिपोट मात्र होइन, व्यावहारिक समाधानमा लैजाने उद्देश्यले नै मेरो उमेदवारी परेको हो,” पौडेलले भने। उनका अनुसार उद्योग वाणिज्य संघको नेतृत्वमा पहुँच र समन्वय क्षमता प्रभावकारी भएमा चितवनको व्यवसायिक वातावरण अझ खुला, व्यवस्थित र स्थिर बनाउन सकिनेछ। उनले विभिन्न व्यवसायिक संघ–संस्थाबीच समन्वय र सरकारी निकायहरूसँग सहकार्यलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।

    होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्टले पनि आगामी अधिवेशन व्यवसायीका प्रत्यक्ष मुद्दालाई केन्द्रमा राखेर सशक्त नेतृत्व चयन गर्ने अवसर भएको बताए। उनका अनुसार संघले मनोनयन गरेको उम्मेदवार टोली सक्षम, अनुभवसहित र व्यवसायिक हितका मुद्दामा गहिरो बुझाइ भएको टोली रहेको छ। चितवनका व्यवसायीहरूले आगामी अधिवेशनलाई स्थानीय उद्योग, व्यापार र पर्यटन क्षेत्रको भविष्यसँग जोडेर हेर्दै आएका छन्। नेतृत्व चयनपछि चितवनको व्यवसायिक वातावरण कत्तिको गतिशील बन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.