हेटौँडा। मकवानपुरमा शुक्रबार साँझ ४५ जनाको कोरोना जाँच हुदा १५ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४५ जनाको कोरोना जाँचमा १५ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।संक्रमित मध्य ५ महिला र १० पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर ३३ प्रतिशत रहेको छ।









