सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक पुरुषको शव फेला परेको छ । शनिबार बिहान उपमहानगरपालिकाको वडा नंबर ८ को कोलोनिमा अन्दाजी ४०/४५ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । मनिङ्ग वाक गर्ने मानिसले कोलोनि नजिकको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको र थप कुरा अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








