हेटौँडा । नेपाल अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ ( विडब्लुआई)को आयोजनामा हेटौँडामा मकवानपुरमा क्रियाशिल ३ वटा ट्रेड युनियन र पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विडब्लुआईमा आवद्ध नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)संग आवद्ध क्युपेक नेपाल,नेपाल ट्रेड युनियन कांग्रेस(एनटियुसी) संग आवद्ध काउन नेपाल र अखिल नेपाल ट्रेड युनियन(आन्टुफ)संग आवद्ध अंकुका प्रतिनिधि तथा श्रमिकहरूसंग मिडिया परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। नेपाल विजुली पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन( क्युपेक नेपाल) का मकवानपुर अध्यक्ष प्रताप राईको सभाध्यक्षता तथा विडब्लुआईका संयोजक नरनाथ लुइँटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ( काउन-नेपाल) का केन्द्रीय उपाध्यक्ष लालबहादुर पटेल, क्युपेक केन्दीय सल्लाहकार राजु आचार्य, क्युपेक केन्दीय सदस्य विक्रम लामा, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष इन्तियाज खान, काउन मकवानपुर अध्यक्ष खलिल मिया,अखिल नेपाल निर्माण मजदुर संघ मकवानपुर अध्यक्ष मन कुमार लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा मलेसियाबाट फर्केका हेटौँडा-१२सुवास घलान,कुवेतबाट रोजगारी गरेर फर्केकी हेटौँडाकी राज कुमारी लामा,कतारबाट रोजगारी गरेर फर्केका हेटौँडाका कृष्ण प्रसाद घिमिरे,साउदीबाट रोजगारी गरेर फर्केकी कान्छीमाया डिम्डुङ्गले रोजगारीको क्रममा विदेशमा भोग्न परेका समस्याको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै बैदेशिक रोजगारबाट नेपाल फर्किएकाहरुले शिपमूलक तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान अनुरोध गरेको छन।








