हेटौँडा । मकवानपुर र हेटौँडामा क्रियाशिल लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। मकवानपुर र हेटौँडामा क्रियाशिल ९ वटा लायन्स क्लबले संयुक्त रुपमा बुधबार बिहान हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन। लायन्स डिस्ट्रिक गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यता र डिस्ट्रिक सेक्रेटरी टासी डोल्मा तुम्बाहम्फे र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका लायन्स जोन –२७ का जोन चियरपर्सन विकेशलाला श्रेष्ठले जानकारी दिए। रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएकोले हेटौंडामा क्रियाशील लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको श्रेष्ठले बताए।








