हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ चौअन्नघरेमा बिहिबार लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ। सामुदायिक सेवा केन्द्र मकवानपुर,जिल्ला प्रहरी कार्यालय मकवानपुर,इलाका प्रहरी कार्यालय पशुपतिनगर र जागरण आमा समुहको सहकार्यमा अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । जागरण आमा समूहकी अध्यक्ष सिता तामाङको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपाली वडा नं. ८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,वडाध्यक्ष श्रेष्ठ सहित,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्ले,सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्ट,निवर्तमान अध्यक्ष कुमार पौडेल,जिल्ला प्रहरी कार्यकाल मकवानपुरकी प्रतिनिधि दिपा लामा,सामुदायिक सेवा केन्द्र की सचिव रमिला सापकोटा लगाएतकाले लैगिंक हिंसा विरुद्ध गरिएको कार्यक्रम त्यसको औचित्यको बारेमा चर्चा गरेका थिए।कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका कोषाअध्यक्ष राम प्रसाद कोइराला,सीताराम पौडेल,नबराज कोइराला,रिना खनाल लगायतकाको स्थानीयको उपस्थिति रहेको थियो।








