• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुर्लभ एकसिङ्गे गैँडाका लागि प्रसिद्ध चितवनमा स्थापित क्रिकेट क्लब चितवन राइनोजले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्ना टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने घोषणा गरेको हो ।

    चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा योगदान गर्न लागेको बताउनुभयो । “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ,” उहाँले भन्नुभयो ।

    नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रोपटक सहभागी हुन लागेको चितवन राइनोजले क्रिकेटमार्फत चितवन र यहाँको जैविक विविधतालाई विश्वसामु चिनाउँदै आएको छ । क्लबले आफ्नो लोगो तथा विभिन्न सामग्रीमा एकसिङ्गे गैँडाको तस्बिर समावेश गरी संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ ।

    चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको चितवन राइनोजले पर्यापर्यटनका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज र यहाँ पाइने दुर्लभ गैँडाको पहिचानलाई क्रिकेटमार्फत थप प्रचारप्रसार गरिरहेको छ । गैँडाको नामबाट स्थापित क्लबले खेलकुद र वन्यजन्तु संरक्षणलाई एकसाथ अघि बढाउने प्रयास गरेको हो ।

    एनपिएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ स्थानमा सीमित भएको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो ।

    क्लबका खेल हेर्न र टोलीलाई समर्थन गर्न चितवनका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुरको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकस्थित चितवन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । यसले स्थानीय खेलप्रेमीलाई एकै ठाउँमा भेला भएर टोलीलाई समर्थन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    चितवन राइनोजले गैँडा संरक्षणसँगै स्थानीय खेलकुद र सामाजिक गतिविधिमा पनि सहयोग गर्दै आएको निर्देशक देवकोटाले बताउनुभयो । क्लबले स्थानीय क्लबहरूलाई सहयोग गर्नुका साथै भोटेकोशी बाढीबाट प्रभावितलाई समेत सहयोग गरेको छ । जिल्लामा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रायोजकका रूपमा सहकार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    “गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ,” देवकोटाले भन्नुभयो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एनपिएलमा सहभागी आठ टोलीमध्ये चितवनको प्रतिनिधित्व गर्ने क्लब रहनु जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो । चितवनको नाममा स्थापित क्लबले जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सहयोग गर्ने उहाँको भनाइ छ ।

    खेलकुदले अनुशासन र सामूहिक भावनाको विकास गर्ने उल्लेख गर्दै उहाँले आम नागरिकलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    एनपिएलको तेस्रो संस्करण सुरु हुन लागेसँगै चितवनमा क्रिकेटको माहोल बढेको छ । जिल्लाका होटल, रेस्टुरेन्ट तथा सार्वजनिकस्थलमा खेलप्रेमीहरू भेला भएर टोलीको समर्थन गर्ने तयारीमा छन् । सडक किनारका बिजुलीका पोल, होटल, रेस्टुरेन्ट र अन्य सार्वजनिकस्थलमा चितवन राइनोजको लोगो अंकित झण्डा फहराइरहेका छन् ।

    आजदेखि सुरु हुने एनपिएलको तेस्रो संस्करणमा चितवन राइनोजले उपाधि जित्ने लक्ष्य राखेको छ । क्रिकेटको प्रवर्द्धनसँगै गैँडा संरक्षणमा आर्थिक योगदान गर्ने क्लबको योजनाले खेलकुदलाई सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्ने अपेक्षा गरिएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.