• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । वाग्मती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको चितवन राइनोज र विराटनगर किंग्सबीचको खेल अवलोकन गर्नुभएको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेल अवलोकन गर्न मन्त्री तामाङ चितवन राइनोजको जर्सी लगाएर पुग्नुभएको थियो। वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन राइनोजको पक्षमा समर्थन जनाउँदै उहाँले टोलीलाई जितका लागि शुभकामना दिनुभयो। प्रदेशको प्रतिनिधित्व गर्ने टोलीको खेल प्रत्यक्ष हेर्न पाउँदा आफूलाई खुसी लागेको मन्त्री तामाङले बताउनुभयो। खेलप्रति चासो देखाउँदै चितवन राइनोजको जर्सीमा मैदान पुग्नुभएका उहाँले खेलाडीको हौसला बढाउँदै टोलीप्रति आफ्नो समर्थन व्यक्त गर्नुभएको थियो।

    मन्त्री तामाङले समर्थन जनाएको चितवन राइनोजले पनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई आठ रनले पराजित गर्‍यो। रोमाञ्चक बनेको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ७० रन बनाउनुभयो। उहाँले पाँच चौका र पाँच छक्का प्रहार गर्नुभयो। त्यस्तै, रवि बोपाराले अविजित ३१ रन र ड्यान मौस्लेले अविजित २९ रन जोड्दै चितवनलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउनुभयो। देव खनालले १२ रन बनाउनुभयो। १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाउनुभयो। लोकेश बमले २६ रन जोड्नुभयो भने आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन बनाउनुभयो।

    रसेलको आक्रामक ब्याटिङपछि विराटनगर जितको नजिक पुगे पनि अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन। चितवनको जितमा कमलसिंह ऐरी निर्णायक बन्नुभयो। उहाँले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिनुभयो। रिजन ढकालले दुई विकेट लिनुभयो। विराटनगरको मध्यक्रम र तल्लो क्रमलाई सम्हालिन नदिँदा चितवनले आठ रनको रोमाञ्चक जित निकाल्न सफल भयो। वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने टोलीले राष्ट्रियस्तरको प्रतियोगितामा सफलता हासिल गर्नु प्रदेशका खेलप्रेमीका लागि खुसीको विषय हो।

    मन्त्री तामाङले चितवन राइनोजको जर्सी लगाएर खेल अवलोकन गर्नु र टोलीको पक्षमा समर्थन जनाउनुले पनि प्रदेशको टोलीप्रतिको अपनत्व झल्काएको छ। चितवन राइनोजले विराटनगर किंग्सविरुद्धको जितसँगै एनपीएलको तेस्रो संस्करणमा आफ्नो अभियान सुखद् रूपमा सुरु गरेको छ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.