• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ४. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ७. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार साँझ मंसिर १ गतेसम्मको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आइतबार देशका विभिन्न उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना औँल्याएको हो। महाशाखाका अनुसार शुक्रबार राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    यस्तै, शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकीका तराई भू–भाग र बाँकी हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। शनिबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ। आगामी आइतबार भने मौसममा तुलनात्मक रूपमा बढी बदली देखिने महाशाखाको पूर्वानुमान छ।

    आइतबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली भई बाँकी स्थानमा आंशिक बदली रहनेछ। सो क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ। आइतबार राति देशका हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बदली रही देशका हिमाली भेग तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सोमबार र मंगलबारदेखि भने देशको मौसममा क्रमशः सुधार आउने देखिएको छ।

    कार्तिक ३० र मंसिर १ गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागे पनि देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा बागमती र गण्डकीका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने मंगलबार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मात्र यस्तो सम्भावना रहनेछ। यस पाँचदिने अवधिभर तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले उल्लेख गरेको छ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु,

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.